शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • ‘चितवनमा अर्को वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्छ’

‘चितवनमा अर्को वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्छ’

  • सोमवार, मंसिर २९, २०७७
‘चितवनमा अर्को वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्छ’

चितवन । चितवनको भरतपुर १५ मा देशकै गौरवको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम जारी छ । धुर्मस–सुन्तली फाउण्डेशनले बनाइरहेको रंगशालाको मूल गेट नजिक नमूना क्रिकेट मैदान तयार छ । यही मैदानमा राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भैरहेको छ ।

यहाँ प्रतियोगिता हुँदा खेलाडीहरुले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला देख्ने, प्रचारप्रसार गराउने र सहयोग जुटाउन मद्दत गर्ने अपेक्षा फाउण्डेशनले गरेको छ । गत वर्षको आफैंले काँसघारी र रुख हटाएर नमूना क्रिकेट मैदान बनाउन कस्सिएका फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस), राष्ट्रिय प्रतियोगिता नै आयोजना भएकोमा निकै खुसी छन् ।

रंगशाला निर्माण र राष्ट्रिय प्रतियोगिताका सन्दर्भमा अनलाइनखबरकर्मी सुवास पण्डितले फाउण्डेशनका अध्यक्ष कट्टेलसँग गरेको कुराकानी :

निर्माणाधीन रंगशालाको नमूना क्रिकेट मैदानमा राष्ट्रिय लेभलको प्रतियोगिता आयोजना हुनुलाई कसरी लिनुभएको छ ?

म एकदमै उत्साहित छु । यस मानेमा की, कोभिडपछि लगभग खेलकुदका गतिविधि ठप्प थिए । तर, चितवनमा क्रिकेटको प्रतियोगिता गरेर अब खेल क्षेत्र सुचारु भयो, चलायमान हुन थाल्यो भन्ने सन्देश गएको छ । अर्कोतिर, रंगशाला निर्माणमा देशका टप ३० क्रिकेटका खेलाडीहरुले यहाँ पाइला टेक्नुभएको छ । यो उहाँहरु र उहाँहरु जस्तै भावी पुस्ताका लागि तयार गर्न लागिएको खेलकुदको मैदान हो । राष्ट्रिय प्रतियोगिता र यति धेरै खेलाडीको उपस्थितीले मलाई भावुक पनि बनायो ।

गत वर्ष मंसिर म आफैंले यहाँको कासघारी, रुखहरु हटाएर, यहीँ नै बनाएको रोललाई ट्याक्टरमा बाँधेर मैले नमूना मैदान तयार गरेको थिएँ । एक वर्षमा नै राष्ट्रिय प्रतियोगिता गर्ने मैदान तयार भएर खेल पनि भयो । गएको साउनमा आफैंले दुबो रोपे । खेलाडीहरु आएर खेल्दा निकै खुसी हुनुभयो ।

चर्चामा

सम्बन्धित समाचार