• होमपेज
  • समाज
  • ७१ बर्षिय सुर्जमति सुनार नागरिकता बाट बञ्चित

७१ बर्षिय सुर्जमति सुनार नागरिकता बाट बञ्चित

  • आइतवार, मंसिर २८, २०७७
७१ बर्षिय सुर्जमति सुनार नागरिकता बाट बञ्चित

बाजुरा–बुढिन्नदा नगरपालिका १ बस्ने ७१ बर्षिय सुर्जमति सुनारले नागरिकता लिएकि छैनन् । परिवारकि एक्लि सदस्य रहेकी उनले नागरिकता पाउनका लागि बिभिन्न निकाय धाइरहेकि छन् ।
सुर्जमतिको माइति घर जुम्लाको चन्दनाथ रहेकि उनले बाजुरा सानै उमेरमा छक्के सुनार सँग विवाह गरेकि थिईन् । सुर्जमतिका दुई छोरा र एक छोरी जन्माएकि थिईन् । छोरीको मृत्यु भइसकेको छ भने दुई छोरा सानै उमेरमा घर बाट गएको अहिले सम्म कहाँ रहेको कुनै जानकारी नभएको वताईन् ।
श्रीमान छक्के सुनारको चाडै मृत्यु भयो । श्रीमान मृत्यु भएको केही महिनामा दुबै छोरा घर बाट गएका हुन्, अरुलाइ सोध्दा भारततिर लागेको अहिले सम्म सम्पर्कमा नभएको उनले वताईन् । घरका कोही सदस्य नभएपछि उनि लामो समय सम्म बर्दियामा बसिरहेकी थिईन् । पटक पटक नागरिकता बनाउनका लागि उनि माइति र पोइलि गाँउ धाएपनि नागरिकता पाँउन सकेकि छैनन् ।
सुर्जमति सुनार अहिले १ महिना देखी नागरिकताका लागि बिभिन्न निकाय धाइरहेकि छन् । वडा अध्यक्ष नृप खत्रिले भने प्रमुख जिल्ला अधिकारी सँग समन्वय भइरहेको छ, नागरिकता बनाउन कागजपत्र बनाइरहेको वताएका छन् ।
सुर्जमतिको नागरिकता नहुँदा राज्यका बिभिन्न सेवा सुबिधा बाट बञ्चित रहेकी छन् । उनलाइ नागरिकता कसरि प्राप्त हुन्छ कुनै जानकारी नभएको वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार