शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ६
  • राष्ट्रिय सडक सञ्जाल सँग जोडिदै हुम्ला

राष्ट्रिय सडक सञ्जाल सँग जोडिदै हुम्ला

  • आइतवार, मंसिर २८, २०७७
राष्ट्रिय सडक सञ्जाल सँग जोडिदै हुम्ला

बाजुरा — सडक सञ्जाल सँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सडक सञ्जाल सँग जोडिने भएको छ । कणर्ाली करिडोर अन्तर्गत हुम्ला जिल्लामा २७ किलोमिटर सडक निर्माण कार्य पुरा भएपछि यातायात सञ्चालन हुने भएको छ ।
बाजुरा र हुम्लाको सिमाना कवाडी देखि हुम्लाको सर्केगाड गाँउपालिकाको बालगुना सम्म २७ किलोमिटर नेपाली सेनाले निर्माण कार्य सम्पन्न भएपछि हुम्ला जिल्ला पहिलो पटक राष्ट्रिय राजमार्ग सँग जोडिने भएको छ । हुम्लाका संघिय सांसद छक्क बहादुर लामा, जिल्ला समन्वय सभापति दान बहादुर रावल, प्रमुख जिल्ला अधिकारी चिरिन्जीबी गिरी सहितको टोलीले सडकको अनुगमन समेत गरिसकेका छन् ।
प्रमुख जिल्ला अधिकारी चिरिन्जीबी गिरी भने सडक अनुगमन गर्दा यातायात सञ्चालन हुने अबस्था रहेको छ, सञ्चालन अनुमतिका लागि नेपालि सेना र बिभागमा पठाउने काम भइरहेको ढिलोको १ महिना भित्र हुम्लामा गाडि चल्ने वताएका छन् । हुम्ला र बाजुरा जोडने कवाडी नदिमा गत बर्षनै बेलिबिज्र निर्माण सम्पन्न भइसकेको थियो ।
कणर्ाली करीडोर निर्माण जिम्मा नेपाली सेनाले कालिकोटको जितेगडा बाट १ सय २३ किलोमिटर हुम्लाको सरिसल्ला सम्म रहेको छ । जसमध्ये बाजुराको लेब्डि सम्म ७८ किलोमिटर अहिले यातायाता सञ्चालनमा रहेको छ । अब हुम्लामा पनि यातायता सञ्चालन भएपछि १ सय ११ किलोमिटर गाडि चल्ने कणर्ाली करीडोरको तिथि चौर क्याम्पका सह सेनानी शंकर सिलवाले वताएका छन् ।
हुम्लाको बालगुना सम्म यातायात सञ्चालन भएपछि हुम्लाका ताजाकोट, अदानचुल्ली, सर्केगाड गाँउपालिका र मुगुको सोरुकोट गाँउपालिका प्रत्यक्ष लाभाबान्ति हुने स्थानियले वताएका छन् । १ सय ११ किलोमिटर गाडि सञ्चालन भएपछि हुम्लाको सदरमुकाम सिमिकोट पुग्न ६३ किलोमिटर मात्र बाकि रहने छ । ५१ किलोमिटर सडक सडक बिभागले निर्माण गरिरहको छ ।
जिल्ला तहका उच्च अधिकारीको अनुगमन पछि हुम्ला गाडि पुग्ने भएपछि हुम्ला बासी खुशी भएको ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताएका छन् । देशका सबै जिल्लामा यातायातले छोएको भएपनि हुम्ला भने अहिले सम्म सड्क सञ्जाल जोडिएको छैन् ।
हुम्लामा यातायात नपुग्दा साता दिन लगाएर बाजुरा, कालिकोट पुगेर गाडि चढनु परेको थियो, भने अर्कोतिर महँगो हवाई भाडा तिर यात्रा गर्नु परदै आएको थियो । गाडि नपुगेकै कारणले हुम्लीबासीले महँगीको मार खेप्दै आएका थिए, बिरामी हुँदा पनि समयमै उपचार पाउन नसकि ज्यान जाने अबस्था रहदै आएको थियो । एक महिनामै हुम्लामा गाडि पुग्ने सम्भाबना भएकाले हुम्ला बासी निकै खुशी भएको हुम्लाका स्थानिय नन्द बहादुर महतराले वताएका छन् ।
सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट शुरु गरेको थियो । लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कणर्ाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार