• होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ काेर्धमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बडिमालिका ६ काेर्धमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

  • आइतवार, मंसिर २८, २०७७
बडिमालिका ६ काेर्धमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बाजुरा– बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ६ काेर्थमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिका नगरपालिका पशु सेवा शाखा, सहयोगी हातहरुको समुह (सहास) नेपाल, लिफ्ट परियोजना बाजुरा को संयुक्त आयोजनामा १ दिने नि:शुल्क पशु स्वास्थ शिविर बडिमालिका नगरपालिका वडा नं ६ कोर्धमा समापन भएको पशु बिज्ञ केन्द्र प्राबिधिक दिपक बुढाले बताएका छन । बडिमालिका ६ की वडा अध्यक्ष कला बडुवालको अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल को प्रमुख आथित्यमा समापन भएको प्राबिधिक बुढाले जानकारी दिएका छन । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका प्रमुख सिद्ध राज जैसी र बडिमालिका नगरपालिका पशु सेवा शाखा का प्रमुख गोपाल चन्द्र भण्डारी रहेका थिए । सहास नेपाल बाजुरा का प्राबिधिक दिपक धामी भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा र बडिमालिका नगरपालिका पशु सेवा शाखा का पशु प्राबिधिक जगत बहादुर थापा, दिपक बहादुर बुढा, बल बहादुर रावल, पदम खड्का, दिनेश नेपाली, जनक बहादुर बि.क, सुमन शाही, गिठे धामी र अाेजेटी गर्ने प्राबिधिक तथा वडा सदस्यहरु कल्दरी बडुवाल, जंग खड्काको उपस्थितमा पशुपालक कृषकहरुको पशुबस्तुमा लाग्ने आन्तरिक तथा बाहिय परजीवीहरुको रोकथाम गरि पशु बस्तुको उत्पादन बढाइ आयाआर्जनका साथै व्यावसायिक पशुपालनमा उन्मुख गराइ आत्मानिर्भर बनाउने उदेश्यका साथ उक्त शिविर सम्पन्न भएको जनाएकाे छ । जसमा २ सय ४५ घरधुरीका कृषकहरुले सेवा पाएका थिए भने जसमा १२०० बाख्रा, २०० भैंसी १०० गोरु र १० वटा कुकुर, ५ वटा खच्चर ले औषधि उपचार र पशु बन्ध्याकरण गरिएको थियो । उद्घाटन सत्रमा बोल्नुहुदै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा का प्रमुख सिद्ध राज जैसी ले भन्नू भयो हाम्रो बाजुरा जिल्लामा ९५% कृषकहरू ले पशु पाल्दै आएका छन भने ३०-३५% कृषकहरुले मात्रै औषधि उपचारको पहुँचमा रहेका छन भने बाकी कृषकहरु पहुच भन्दा बाहिर रहेको, पशु बस्तुको गोठ खोर तथा नस्ल सुधार , डाले तथा भुइँ घासहरु सुधार गरिदै आएमा, पशु बस्तुमा लाग्ने रोगमा कमि आउने आत्मा निर्भरका लागि पशु बस्तुलाई समय समयमा उपचार गर्दै गरेमा पशु बस्तु बाट आफुले चाहे जस्तै उत्पादन लिन सकिने जानकारी गराउनु भयो । बडिमालिका नगरपालिका नगर प्रमुख को भनाइ को भनाइलाई समर्थन जनाउदै पशु बस्तुको उपचार गरि उत्पादन लिन सकियो भने हामिले बजार खोज्न टाडा जानू पर्दैन बजार आफै उत्पादनलाई खिज्दै हाम्रै घर दैलोमा आउँछ र हामी कृषकहरूको आयाअर्जन मा बिद्वि हुने र आत्मनिर्भर बन्न कुनै संघे नरहने बताए ।
विशेष गरि आयोजक भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिक नगरपालिका पशु सेवा शाखा र सहयोगी हातहारुको समुह(सहास) नेपाल बाजुरा लाई शिविर संचालन गरि कृषकहरू लाई सेवा दिएकोमा आत्मै देखि धन्यवाद ब्याक्त गरेका छन् । साथै सहास नेपालले कृषक समुदायको हरेक सुख दु:खमा अनवरत साथ सहयोग गरि नगरपालिकाको बिकास कार्यमा ठूलो योगदान पुर्याएकोमा सहास नेपाल परिवारलाई हृदय देखि नै सम्मान गर्न चाहन्छु उनले भने । र सोही वडाका वडा अध्यक्ष कला बडुवाल ले समेत शिविर संचालन गरेकोमा तिनै पक्षका आयोजक लाई धन्यवाद ब्यक्त गरेका छन । समय समयमा पशु बस्तुहरुको उपचार, हेरविचार प्राबिधिक सल्लाह लिइरहन कृषकहरुलाइ अनुरोध गरि बडिमालिका नगरपालिका नगर प्रमुख पदम बहादुर बडुवाल ले ब्यानर पढी कृषकलाई औषधि हस्तान्तरण गरि शिविरको उद्घाटन गरेका थिए, भने कार्यक्रमको संचालन पशु सेवा शाखा प्राबिधिक बल बहादुर रावल ले गर्नुभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा का प्राबिधिक दिपक बहादुर बुढाले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार