शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धर्म-संस्कार
  • हप्ताको पहिलो दिन कुन राशिले विशेष सावधानी अपनाउनुपर्ने ? हेर्नुहोस् राशिफल

हप्ताको पहिलो दिन कुन राशिले विशेष सावधानी अपनाउनुपर्ने ? हेर्नुहोस् राशिफल

  • आइतवार, मंसिर २८, २०७७
हप्ताको पहिलो दिन कुन राशिले विशेष सावधानी अपनाउनुपर्ने ? हेर्नुहोस् राशिफल

विसं. २०७७ साल मंसिर २८ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्दशी, ४३ घडी ३८ पला, रातको १२ बजेर १४ मिनेट उप्रान्त औंशी । नक्षत्र– अनुराधा, ४७ घडी ४५ पला, रातको ०१ बजेर ५३ मिनेट उप्रान्त ज्येष्ठा । योग–सुकर्मा, ०४ घडी ०७ पला, बिहान ०८ बजेर २६ मिनेट उप्रान्त धृति । करण–भद्रा, दिउँसो ०१ बजेर २० मिनेट उप्रान्त शकुनी, रातको १२ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–मृत्यू योग ।

चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला ।

बाला–चतुर्दशी । बालाचह्रेपूजा । शिवालय परिसरमा शतबीज छर्ने दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान दिनुहोला । व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन् ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन तथा धातु संग्रह गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेको छ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ । भौतिक सम्पत्ति जुट्नुका साथै विलासी जीवन व्यतित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत् आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले, मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाई नाघ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

वौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउने हुँदा मानसिक तनाव बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । तरपनि कृषी तथा सहकारी व्यवसायबाट मनग्गे लाभ लिन सकिने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुनसक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन, कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ । बन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सापटी लगेको तथा लानेहरुले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरु बाट नै आलोचना हुन सक्छ, काम गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्रले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अनावश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ, ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला, तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगती हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हाँसिल गर्न सकिनेछ । नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन् । गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुश्किल रहेको छ । व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुःखी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार