• होमपेज
  • प्रदेश ७
  • बझाङको तलकोटमा टिपर दुर्घटना हुँदा २ को मृत्यु, ३ घाइते

बझाङको तलकोटमा टिपर दुर्घटना हुँदा २ को मृत्यु, ३ घाइते

  • शनिबार, मंसिर २७, २०७७
बझाङको तलकोटमा टिपर दुर्घटना हुँदा २ को मृत्यु,  ३ घाइते

बझाङ — तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेर घाइते भएका मजदुरहरु मनोज गाहा मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै मृत्यु गएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिमखेतले बेलुकी ६ बजे मृत घोषणा गरेको इन्स्पेक्टर कमलप्रसाद चौधरीले बताए ।

घाइते चालक गोविन्द बिष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारीको जिल्ला अस्पतालमा उपचार भइरहेकोमा बिष्ट र धामीको स्वास्थ्य अवस्था जटिल भएकाले सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सडक कच्ची, साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार