शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आयुर्वेद
  • के दालचिनीको सेवनले साँच्चै तौल घट्छ ?

के दालचिनीको सेवनले साँच्चै तौल घट्छ ?

  • बुधबार, मंसिर २४, २०७७
के दालचिनीको सेवनले साँच्चै तौल घट्छ ?

दालचिनी आफ्नो गुलियो गुलियो, पिरो पिरो स्वादका लागि परिचित छ । जाडोयाममा यसको सेवन निकै फाइदाजनक मानिन्छ । यसको प्रयोग एक स्वादिष्ट मसलाको रुपमा गरिन्छ । यसबाहेक दालिचिनी थुप्रै स्वास्थ्य लाभले भरिपूर्ण हुन्छ ।

यस्तोमा के तपाईंलाई दालचिनी तौल कम गर्न पनि सहयोगी हुन्छ भन्ने कुरा थाहा छ ? यसमा एन्टी डायबिटिक, एन्टी अक्सिडेन्ट र एन्टी क्यान्सरको गुण पाइन्छ । दालचिनीले शरीरमा भएको ब्याड फ्याट जसलाई सेतो बोसो भनिन्छ, त्यसलाई कम गर्ने काम गर्छ । ब्राउन फ्याट शरीरको राम्रो फ्याट हो । अनुसन्धानकर्ताका अनुसार दालचिनीले शरीरमा गुड फ्याट वा ब्राउन फ्याट बढाउने काम गर्छ । ब्राउन फ्याटले चिसो मौसममा शरीरलाई तातो राख्न मद्दत गर्छ ।

दालचिनीले भोक दबाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मेटाबोलिजम बढाउन निकै मद्दत गर्छ । यदि तपाईं तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने तपाईं दालचिनीलाई विभिन्न प्रकारले आफ्नो दैनिक आहारमा समावेश गर्न सक्नुहुन्छ ।

– यसलाई तपाईं जुस, तरकारी, भातमा प्रयोग गर्न सक्नुहुन्छ । यसले खानामा भिन्न स्वाद ल्याउन मद्दत गर्छ ।

– दालचिनीलाई दैनिक तातो पानीमा उमालेर त्यसमा मह हालेर खाने हो भने यसले तौल घटाउँछ।

– दालचिनी नेपाली मसलाको महत्वपूर्ण हिस्सा हो । यसको बास्नाले खानालाई थप स्वादिष्ट बनाउने गर्छ ।

– तौल कम गर्नका लागि जूसमा थोरै दालचिनी पाउडर मिसाएर पिउनुहोस् । यसले स्वाद पनि बढ्छ र तौल कम गर्न पनि सहयोगी भूमिका खेल्छ ।

चर्चामा

सम्बन्धित समाचार