• होमपेज
  • बडिमालिका
  • मार्तडीकाे एक गाउँ खानेपानी बाट बञ्चित, खाेलाकाे पानी खान बाध्य स्थानिय

मार्तडीकाे एक गाउँ खानेपानी बाट बञ्चित, खाेलाकाे पानी खान बाध्य स्थानिय

  • मङ्लबार, मंसिर २३, २०७७
मार्तडीकाे एक गाउँ  खानेपानी बाट बञ्चित, खाेलाकाे पानी खान बाध्य स्थानिय

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडी नजिकै रहेको बडिमालिका नगरपालिका वाड नम्मर ९ को एक बस्ती बर्षौदेखी खानेपानीको समस्या झेल्दै आएको छ । बडिमालिका नगरपालिका वडा न ९ को गडखेतमा रहेका ५० परिवार हाल स्थानीय बाउली खोलाको पानी खान बाध्य रहेका छन । अहिले पुरै गाउँका स्थानीय नजिकै रहेको बाउली खोलामा रहेको दुसति पानी प्रयोग गर्दै आएका छन ।
सो बस्तीमा खानेपानीको समस्या अहिले मात्र नभएर पुस्तौदेखी झेल्दै आएको स्थानीय निशान्त बडुवालले बताए । अहिले पुरै गाउँका स्थानीय नजिकको खोलामा रहेको दुसति पानी प्रयोग गरिरहेको उनको भनाई रहेको छ ।
सो बस्तीका ५० घर परिवारले पुखौँदेखी खादै आएको खानेपानीको मुहान समेत सुकेपछी झन समस्यामा परेको एक मानसिहं बडुवालले बताए । एक मात्र मुहान रहेको र सो कुवामा आउने पानी सुकेपछी खोलाको पानी खान बाध्य भएको स्थानीय बडुवालको गुनासो रहेको छ ।
पशु चौपाय र मानिसले एउटै खोलाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडा पखाला लगायतका पानीजन्य रोग लाग्ने र औषधी उपचारममा पनी समेत समस्या भएको स्थानीय अंगत बडुवालले बताए ।
सो बस्तीमा हाल पानी नहुदा स्वास्थ्य तथा सरसफाइका कार्यक्रम समेत प्रभाबित भएका छन । स्थानीयले खानको लागि त पानी खोलाबाट ल्यानुपर्ने बाध्यता रहेको छ भने चर्पी सफा गर्न पानी पुग्दैन एक स्थानीय महिला तुला बडुवालले बताइन । उनले भनि आप्mनी बुहारी सुत्केरी हुदाँ नजिकका छिमेकीहरुले खोलाबाट पानी बोकेर सहयोग गरे आफु अपाङ भएका कारण छिमेकीको सहयोग भयो नभए आफ्नी बुहारी खानेपानी नपाई कन मर्ने थिइन उनले भनीन ।
सुख्खायाम सुरु हुदा बाजुराका हरेक बस्तीमा खानेपानीको समस्या हुने कुरा नयाँ होइन तर सदरमुकामको छेउमा पुस्तौ देखीको समस्या कसैको ध्यान नगएको देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार