शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगान फौजको आक्रमणमा २८ तालिबानी लडाकु मारिए

अफगान फौजको आक्रमणमा २८ तालिबानी लडाकु मारिए

  • मङ्लबार, मंसिर २३, २०७७
अफगान फौजको आक्रमणमा २८ तालिबानी लडाकु मारिए

काबुल — अफगानिस्तानको कानदहर र उरुज्गान प्रान्तस्थित सरकारी फौजको आक्रमणबाट २८ तालिबानी लडाकु मारिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

सरकारी फौजको सुरक्षा कारवाहीको क्रममा उनीहरु मारिएको सरकारको भनाइ छ । उरुज्गान प्रान्तको ओबे क्षेत्रस्थित प्रहरी टोलीलाई लक्षित गर्दै गत बुधबार तालिबानी समूहले आक्रमण गरेको थियो । त्यसको जवाफी कारवाही स्वरुप सुरक्षा फौजले आक्रमण गरेको बताइएको छ ।

जहाँ सरकारी फौजले स्थल तथा हवाइ मार्गबाट हमला गरेको थियो । उक्त हमलामा दर्जन भन्दा बढी लडाकु घाइते भएको पनि सेनाले जनाएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि जारी तालिबानी युद्धको क्रममा कानदहर क्षेत्र तालिबानी समूहको प्रभाव क्षेत्रको रुपमा चिनिदै आएको छ । यसअघि पनि कानदहरमा ठूला भीडन्त तथा आक्रमण भएका छन् । यस पटक सेनाको आक्रमणबारे तालिबानी समूहले भने कुनै प्रतिक्रिया दिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार