• होमपेज
  • समाज
  • सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन

सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन

  • सोमवार, मंसिर २२, २०७७
सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा बिरामीको चेकजाँच तथा उपचार गर्दै स्वास्थ्यकर्मी ।

बाजुरा–शुदुरपश्चिम प्रदेशका ६ प्राथमिक स्वास्थ्य केन्द्र बाट आयुर्वेद स्वास्थ्य जीवनशैली कार्यक्रम सञ्चालन भएको छ । योगाभ्यास सँगै स ओपिडी, स्वास्थ्य जीवनशैली परामर्श, क्लिनिकल योग परामर्श र पूर्वकर्म÷पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिने भएको छ । यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्र मध्ये ६ वटामा कार्यक्रम शुरु गरिएको सामाजिक विकास मन्त्रालयमा कार्यरत आयुर्वेद चिकित्सक डाक्टर चेतराज जोशीले जानकारी दिए ।
प्रदेशका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकार र तीन वटामा प्रदेश सरकारको सहयोगबाट कार्यक्रम सञ्चालन गरिएको जोशीले वताए । कञ्चनपुरको बेलडाडी प्राथमिक स्वास्थ्य केन्द्र, बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र, डोटीको जोरायल प्राथमिक स्वास्थ्य केन्द्र, अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र र बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा शुरु गरिएको डाक्टर जोशीले वताएका छन् ।
यि स्वास्थ्य केन्द्रमा एक आर्युवेद चिकित्सक र एक वैध राखेर सेवा सञ्चालन गरिएको छ । केन्द्रबाट नियमित ओपिडी, स्वास्थ्य जीवनशैली परामर्श, क्लिनिकल योग परामर्श र पूर्वकर्म÷पञ्चकर्म लगायतका सेवाहरु प्रदान गरिदै आएको छ । प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कोभिड (१९ मा रोग प्रतिरोधात्मक क्षमता बढाउने रसायन औसधि खरिद भइ पु¥याउने तयारी भएको र प्राथमिक स्वास्थ्य केन्द्रमा अत्यावश्यक आयुर्वेद औषधि र पूर्वकर्म (पञ्चकर्म सेवामा आवश्यक औषधि र सामग्रीको व्यवस्थापन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट हुने वताईएको छ ।
नसर्ने रोगको प्रकोप बढदो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सुचक प्राप्तीका लागी स्वास्थ्य प्रर्वद्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान सुरु भएको डा. जाशीले बताए । ‘योगाको माध्यमबाट उच्च रक्तचाप, मधुमेह, दम, बाथरोग, मोटोपना, डिप्रेसन घटाउन कार्यक्रमले सघाउने छ, जोशीले थपे ।
बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुचारु गरिसकेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख दिक्षा भण्डारीले वताएकि छन् । आयुर्वेदिक उपचार पद्धतिमा जडिबुटी र यसबाट तयार भएका औषधि मात्रै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने, वातावरण मैत्री हुने र आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता मानिने रसायन औषधि प्रयोगले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भण्डारीले वताईन् ।
आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषताका रूपमा रहेका पूर्वकर्म, पञ्चकर्म, वमन, विरेचन, बस्ती, नस्य, रक्तमोक्षण) आकर्षक शरीर शुद्धिकरण विधि समेत मानिन्छ । पछिल्लो समयमा आयुर्वेद चिकित्सा उपचार सेवा लिनेको संख्या बढिरहेको छ । शुरुशुरुमा आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिनेको संख्या कम हुने गरेको थियो अहिले भने सेवा लिनेको संख्या निकै बढिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार