• होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार महासंघ बाजुराको स्थापना भएको १६ बर्षपछि आफ्नै भवन

पत्रकार महासंघ बाजुराको स्थापना भएको १६ बर्षपछि आफ्नै भवन

  • आइतवार, मंसिर २१, २०७७
पत्रकार महासंघ बाजुराको स्थापना भएको १६ बर्षपछि आफ्नै भवन

बाजुरा — नेपाल पत्रकार महासघं जिल्ला शाखा बाजुराको स्थापना भएको १६ बर्षपछि शाखाको आफ्नै भवन निर्माण भएको छ । शाखाको स्थापना कालका पदाधिकारहरु सबै घर बनाउने अभियानमा लागे पनि बनाउन सकिएको थिएन ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखा स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेर अफिस सञ्चालन गरेका छौँ नेपाल पत्रकार महाँसघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताएका छन । यो कार्यकालको जग्गा खरिद र भवन निर्माण योजना पुरा भएको अध्यक्ष सिहंले बताए । हामीले दुई बर्ष पहिला स्थानीय तह सँग मिडिया सम्बन्धि कार्यक्रम गरेर बँचाएको पैसा बाट जग्गा खरिद गरेका थियौं अध्यक्ष सिहंले बताए । यो अभियानमा बाजुराका स्थानीय तह र सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा मन्त्री प्रकाश शाहको महत्वपुणर् सहयोगमा घर तयार गरिएको अध्यक्ष सिहंको भनाइ रहेको छ ।

नेपाल पत्रकार महासघंका पुर्ब पदाधिकारी तथा बर्तमान कमिटिका पदाधिकारीहरुको महत्पुणर् श्रमदानले महासघंको जग्गा किन्न सफल भएको र सो भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको सहयोगमा भवन निर्माण गरिएको पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन । जग्गा खरिदमा ७ लाख भन्दा बढि खर्च भएको थियोे । जग्गा खरिद पछि आन्तरिक मामिला तथा कानु मन्त्री प्रकाश शाहले आफ्नो मन्त्रालय बाट ३० लाख बजेट बिनियोजन गर्नुभएको अध्यक्ष सिहंले बताए । गत बर्ष कोरोनाका बिचमा हामीले ३० लाख बराबरको काम गर्न नसकेको र केहि रकम काम नभएका कारणले रकम फिर्ता भएको उनले बताए । भवनको लेन्टर हाल्ने सम्म काम भयो, धेरै काम बाँकिनै थियो ।

यो आर्थिक बर्षमा रकम कतै बाट ब्यबस्थापन नभए पनि उदारोमा भवन निर्माण गरेर अफिस सञ्चालनमा ल्याएका छौ अध्यक्ष सिहंले भने । भवन निर्माणमा (उदारो रकम) मा भवन निर्माण सम्पन्न गरेका छाै । यो महत्वपूण अभियानमा सहयोग गर्नुहुने पत्रकार महासंघका सम्पूण र्अग्रज तथा साथिहरू लगायत  सहयोगीलाइ अध्यक्ष सिहंले सामाजिक संजाल मार्फत धन्यवाद समेत ब्यक्त गरेका छन ।
शनिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरेर आइतबार अफिसको पुरानो सबै सामान आपm्नै कार्यालयमा सारेको सचिव प्रेम बिकले बताएका छन । अबदेखी कार्यालयको भाडा तिर्नबाट छुट्कारा पाइने र आर्थिक भारमा कमि हुने र आफ्नै कार्यालय हुदा बैठक सेमिनार समेतको काम गर्न सजिलो हुने सचिव बिकले बताए ।

चर्चामा

सम्बन्धित समाचार