• होमपेज
  • प्रदेश ७
  • डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

  • आइतवार, मंसिर २१, २०७७
डोटीमा जिप दुर्घटनाः वडा सचिवसहित एकै परिवारका ३ गरी ४ जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको छ । आइतबार राति डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका ७ मा दुर्घटना हुँदा मृतकको संख्या ४ पुगेको हो । भने ४ जना घाइते भएका छन् । दुुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ की वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा र सासु आमा (नाम नखुलेको) रहेका छन् ।

उपचारको लागि दिपायल लैजाने क्रममा त्रिपाठीको छोराको मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्शिलाले दिनेशखबरलाई जानकारी दिए । घटना स्थलमै रहेका अध्यक्ष गड्शिलाका अनुसार सो घटनामा परेर बोगटान फुड्सिल गाउँपालिकामै कार्यरत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको कृषि प्राबिधिक हरि भट्टको पनि मृत्यु भएको छ ।

वडासचिव त्रिपाठी, त्रिपाठीकी सासु आमा र कृषि प्राविधिक भट्टको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टीकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् । घाइतेहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

घटना स्थल ग्रामीण क्षेत्र भएपनि बाटो राम्रो भएकोले चालक निदाएकोले दुर्घटना भएको अनुमान गरिएको गाउँपालिका अध्यक्ष गड्शिला बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार