शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • स्वास्थ्य संयोजक शाहलाई कोराेना पोजेटिभ

स्वास्थ्य संयोजक शाहलाई कोराेना पोजेटिभ

  • बिहिबार, मंसिर १८, २०७७
स्वास्थ्य संयोजक शाहलाई कोराेना पोजेटिभ

बाजुरा–बुढीगंगा नगरपालिका स्वास्थ्य शाखाका संयोजक दिपक शाहलाई कोराेना संक्रमण भएकाे छ । धनगढीमा गरिएकाे परिक्षणमा कोरना पोजेटिभ भएकाे बुढिगंगा नगरपालिकाले जनाएकाे छ ।

शाह अहिले टाँटे स्वास्थ्य चौकी क्वाटरमा होम आइसोलेनमा बसेको बताएका छन् । त्यस्तै बाह्रबिस स्वास्थ्य चाैकिमा कार्यरत अहेब कुबेर सिहंलाइ पनि काेराेना पाेजेटिभ भएकाे छ। नगरपालिकाका १४ जना कर्मचारी र ६ जना समुदायकालाई कोरना भाइरस देखिएको छ ।

बुढीगंगा नगरपालिकामा समुदाय स्तरमा कोरोनाको त्रास बढेपछि एक हप्ताको लागि बिद्यालय बन्द गएिका छन् । नगरपालिका शिक्षा समितिको बैठक बसी बिद्यालय बन्द गर्ने निर्णय गरिएको र त्यसैको आधारमा सबै बिद्यालयहरुलाई खबर गरेको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त प्रमेकाजी मर्हजनले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार