शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • लुटेरा फेला परेपछी मरेको आशा पलायो : हुलाकी मलाल

लुटेरा फेला परेपछी मरेको आशा पलायो : हुलाकी मलाल

  • बिहिबार, मंसिर १८, २०७७
लुटेरा फेला परेपछी मरेको आशा पलायो : हुलाकी मलाल

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ बच्छ्याका एक बृद्ध बाजुराको सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रीक चोकमा दिउसै लुटीए । दशैको समय आफु हुलाक बोक्ने हुलाकी ७/८ महिना पछि मार्तडीमा तलव बुझेर घरपरिवारलाई केही लुगाफाटो गरौला केही नौली पुरानी खानाको जोहो गरौला भन्ने सोच तलव बुझेको ५ मिनेटमै सोचेको सबै आश लोकतान्त्रीक चोकबाट हरायो उनले भने । हिमाली गाउँपालिका हुलाकी चाउरे मलालको आशा निराशामा परिणत भयो र रिण मागेर गाडीभाडा बनाएर रित्तै हात घर पुगे । घटना आज भन्दा ३ महिना अगाडी असोज महिनाको हो । उनी तलव बुझ्न भनेर गाउँबाट सदरमुकाम पुगे । उनीसंग बिभिन्न सपना बोकेर सदरमुकाम पुगे तर उनको सपना जिल्ला हुलाक कार्यालयबाट तलव बुझी लोकतान्त्रीक चोकसम्म मात्रै रहयो ।
केही दिन अगाडी उनको समेत पैशा लुट्ने चोर पत्ता लागेको खवर प्रहरीले उनको कान सम्म पुगायो अउनको निराशा फेरी आशामा परिणत भयो । उनले बडिमालिका खवरको कार्यालयमा पुगेर भने हाम्रो प्रहरीको अनुसंन्धान राम्रो छ नेपाल प्रहरी शक्तिशाली छ र पो मेरो हराएको निराशा आशामा परिणत भएको छ ।
उनको पैशा चोर्ने चोर पक्राउ परेपछी बडिमालिका मिडिया हाउसको कार्यालयमा पुगेर नेपाल प्रहरीलाई धन्यबाद समेत दिए । दशैका बेला दशै मनाउन नपाए पनी अब दशै मनाउने उनले बताए ।
६४ बर्षका चाउरे मलालले भने २०३९ सालमा हुलाकीको जागीर खाए त्यतीबेला मेरो तलब ९० रुपैया थियो हाल आएर ७ हजार २ सय पुगेको छ । त्यो पनी ७/८ महिनाको तलव एकै पटक बुझ्न आएको थिए ।
बिच बजारमै लुटीए मेरो सबै सपना चकनाचुर भएको थियो हिजो अस्तीबाट आशा पलाएको छ उनले भने । २०७७ असोज २६ गते बिच बजारबाट एक बृद्धको पैशा लुटेर भागेका बडिमालिका नगरपालिका वडा न ९ का २१ बर्षिया गोपाल बिकले लुटेको थाहा हुन आएको प्रहरीले जनाएको छ ।

No description available.
हिमाली गाउँपालिका वडा न ५ बच्छ्याका ६४ बर्षिया चाउरे मलालका ५८ हजार रुपैया लुटेर फरार भएका बिकले केही दिन अगाडी राष्ट्रिय बाणिज्य बैकं अगाडीबाट एक महिलाको ८ हजार रुपैया समेत लुटेका र खोज अनुसन्धनको क्रममा मलालका ५८ हजार रुपैया समेत उनले लुटेको प्रमाणीत भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी मदनजित महराले बताएका छन ।
हिमाली गाउँपालिका ५ का चाउरे मलाल हुलाकी हुन उनले हुलाकबाट तलव लिएर फकिर्दा ति युबकले देखेको र तपाईलाइ पैशा कम आएको छ एक पटक पैशा गन्नुपर्ने भयो यता दिनुहोस भनी लगेको पछी फेर्ता नगरपछी प्रहरी संग उजुरी समेत गरेका थिए । प्रहरीको अनुसन्धन पछी ति युबकले नै लुटेको बुझिएको छ मलालले बताए ।
मंगलबार दिउँसो राष्ट्रिय बाणिज्य बैकमा अपाङ्ग भत्ता बुझेर गेटमा रुपैया गिन्ती गरीरहेकी महिलाको हातबाट तानेर लिएर फरार रहेका युवकलाई प्रहरीले केही समयमै उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगि बयान र अनुसन्धन गर्दै जादा त्यही युबकले चोरको प्रमाणीत समेत भइसकेको प्रहरीको भनाइ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार