मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

  • बिहिबार, मंसिर १८, २०७७
अपराधीहरुले कोरोना भ्याक्सिनको दुरुपयोग गर्न सक्ने इन्टरपोलको चेतावनी

एजेन्सी —  अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलले) अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ हुनसक्ने भन्दै चेतावनी दिएको हो ।

फ्रान्सस्थित इन्टरपोलको मुख्यालयले आफ्नो संगठनमा आवद्ध विश्वका १ सय ९४ राष्ट्रहरुलाई यो विषयमा सतर्क रहन आग्रह गरेको छ । इन्टरपोलका महासचिव जुर्गन स्टांफले भने– ‘आपराधिक नेटवर्कले निर्दोष मानिसहरुलाई फसाउनका लागि नक्कली वेभसाइट र झुट्टा उपचारहरुमा फसाउन सक्छन् । यसबा निकै ठूलो खतरा हुनसक्छ ।’

चर्चामा

सम्बन्धित समाचार