बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकामा थप ६ जना कोरोना संक्रमित थपीए

बुढीगंगा नगरपालिकामा थप ६ जना कोरोना संक्रमित थपीए

  • बुधबार, मंसिर १७, २०७७
बुढीगंगा नगरपालिकामा थप ६ जना कोरोना संक्रमित थपीए

बाजुरा — बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ६ जना कोरोना संक्रमित थपीएका छन् । आईतबार बुढीगंगा नगरपालिकाका ४७ जनाको स्वाब संकलन गरेर अछामको कमलबजार प्रयोगसालामा जाँचका लागि पठाएको थियो । ४७ जना मध्ये ३८ जनाको रिर्पोट हिजो मंगलबार आएको थियो । जस मध्ये ६ जना नयाँ र १ जनाको दोस्रो पटकको रिर्पोट पोजेटिभ आएको थियो भने ९ जनाको रिर्पोट आउन बाकी थियो । उक्त ९ जना मध्ये ६ जना रिर्पोट पोजेटिभ आएको बुढीगंगा नगरपालिका स्वास्थ्य सह संयोजक हस्तबहादुर खडायतले जानकारी दिएका छन् । कोरोना पोटेटिभ देखीएका ४ जना पुरुष र २ जना महिला रहेका छन् ।
उनले दिएको जानकारी अनुसार ३ जना बुढीगंगा नगरपालिकाका कर्मचारी, २ जना स्वास्थ्यकर्मी र एक स्थानिय रहेको सहसंयोजक खडाएतले जानकारी दिएका छन् ।
पोजेटिभ देखीएका सबैका स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । बुढीगंगा नगरपालिकामा कार्तिक देखि यता १ सय ३६ जनाको परिसिआर रिर्पोटको लागि स्वाब संकलन गरेर पठाएकोमा १९ जना रिर्पोट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका मध्ये १० जना टाँटे स्वास्थ्य चौकीको आईसोलेसनमा ७ जना होम आईसोलेसनमा बसेका छन भने दुई जना कोरोना जितेर घर र्फकेका उनले बताए ।
कोराना संक्रमण पछि बुढीगंगा नगरपालिकामा अत्याआबश्यक सेवा दिएको भएपनि संक्रमण तिर्ब भएकोले नगरपालिकाका मेयर दिपक बिक्रम शाहसंग सिल गर्ने वा नगर्ने भन्ने बिषयमा छलफल गरेको र त्यसको बारेमा सबै कार्यपालिका सदस्य र कर्मचारीहरुसंंग छलफल गरेर निणर्य गर्ने बताएको खडाएतले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार