शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आरआइसीको स्थापना दिवसको अवसरमा बालबालिकालाई सहयोग

आरआइसीको स्थापना दिवसको अवसरमा बालबालिकालाई सहयोग

  • सोमवार, मंसिर १५, २०७७
आरआइसीको स्थापना दिवसको अवसरमा बालबालिकालाई सहयोग

बाजुरा —  ग्रामिण सुधार केन्द्र ( आरआइसीको) बाजुराकाे  स्थापना दिवसको अबसरमा बिभिन्न बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरिएको छ । केन्द्रको १२ औँ बार्षिक उत्सव तथा स्थापना दिवसका अवसरमा बडिमालिका नगरपालिकाका बिपन्न गरिव तथा जेहेन्दार बिद्यार्थीहरु कक्षा १ देखी ८ कक्षाका १२ जना बिद्यार्थीहरलाइ शैक्षिक साम्रगी र झोला बितरण गरिएको सस्थाका अध्यक्ष बिर बहादुर बिष्टले बताएका छन ।
संस्थाका अध्यक्ष बिर बहादुर बिष्टको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा बडिमालिका नगरपालिकाका कार्यबाहक नगर प्रमुख राम बहादुर कार्की प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय अतिथि रहेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव बिरेन्द्र रावलले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार