• होमपेज
  • प्रदेश ७
  • सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

  • सोमवार, मंसिर १५, २०७७
सेती अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए।

मंसिर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार