शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

  • बिहिबार, मंसिर ११, २०७७
विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको निधन भएको छ। उनी ६० वर्षका थिए। अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो। उनको हृदयघातका कारण निधन भएको हो।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो। आज पनि धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले भने ९१ खेलमा ३४ गोल गरे। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो।

सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए।

सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो। उनको प्रशिक्षणमा २०१० को विश्वकप मैदानमा ओर्लिएको अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीबाट पराजित भयो।

चर्चामा

सम्बन्धित समाचार