शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुत्नेबेला कतै तपाईं पनि गर्नुहुन्न यी गल्ती ? स्वास्थ्यलाई पर्नसक्छ भारी

सुत्नेबेला कतै तपाईं पनि गर्नुहुन्न यी गल्ती ? स्वास्थ्यलाई पर्नसक्छ भारी

  • बुधबार, मंसिर १०, २०७७
सुत्नेबेला कतै तपाईं पनि गर्नुहुन्न यी गल्ती ? स्वास्थ्यलाई पर्नसक्छ भारी

कोही मानिसहरु आफ्नो बेड र तरिकासँग कुनै पनि प्रकारको सम्झौता गर्न सक्दैनन् । तपाईंलाई कुनै विशेष तकिया नभई निद्रा नै लाग्दैन । हार्वर्डका निद्रा विशेषज्ञ डाक्टर लरेन्स एपस्टीनले हामीलाई जुन कुराले आराम दिलाउँछ, त्यसमा राम्रोसँग निद्रा लाग्ने बताएपनि कहिलेकाँही तकियाको गलत पोजिशनले शरीरमा क्षती पुग्ने जानकारी दिएका छन् ।

स्वास्थ्य विशेषज्ञका अनुसार यदि तपाईंको गर्धन एकातिर धेरैबेरसम्म मोडिएको खण्डमा तपाईंलाई पीडा हुनसक्छ । असाध्यै नरम वा कडा तकिया प्रयोग गर्दा पनि गर्धनमा ऐठन हुनसक्छ । यदि तपाईं नरम तकियामा एकातिर फर्किएर सुत्नुहुन्छ भने तपाईंको गर्धनले राम्रोसँग सहारा पाउँदैन र समस्या सुरु हुन्छ ।

यस्तै यदि तपाईं घोप्टो परेर सुत्नुहुन्छ भने तपाईंको गर्धन पछाडि तिर हुन्छ । यस्तो स्थितीमा कडा खालको तकिया प्रयोग गर्दा तपाईंको गर्धन पछाडितिर धकेलिन्छ । यसैगरी उत्तानो परेर सुत्दा अगाडि तिर दबाब पर्छ । यसैकारण थुप्रै समस्या निम्तिन सक्छ ।

राम्रोसँग नसुत्दाः

राती राम्रोसँग सुत्न नसक्दा मांसपेशीको शक्ति, तन्तु र थुप्रै अंगले राम्रोसँग काम गर्न सक्दैन । यसका कारण मूड खराब हुने, सोच्ने क्षमता प्रभावित हुने र भोक नलाग्ने समस्या हुनथाल्छ । लगातार निद्रा नलाग्दा तपाईंमा मोटोपना, मधुमेह र उच्च रक्तचाप र हृदय रोगको खतरा बढ्ने गर्छ ।

केही विशेष प्रकारको तकियाले यस प्रकारको समस्यालाई टाढा राख्न सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार जीवनशैलीमा परिवर्तन गरेर टाउकोलाई ३० डिग्रीसम्म अग्लो राखेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छ ।

शरीरको माथिल्लो भागलाई अग्लो बनाएर सुत्दा पिनासको समस्यामा पनि कमी आउन सक्छ । यसबाहेक यदि तपाईंलाई रिँगटा लाग्छ वा कानसम्बन्धि कुनै समस्या छ भने यस्तो अवस्थामा पनि यसरी सुत्दा आराम पाइन्छ ।

विशेष रुपमा डिजाइन गरिएको तकियाले पनि स्लिप एपनियाको समस्याबा आराम पाउन सकिन्छ । यसमा बिरामीको सास रोक्ने समस्या हुन्छ । यी बिरामीका लागि विशेष तरिकाले डिजाइन गरिएको तकियामा बिरामी आफ्नो सिपीएपी मास्क लगाउन सुत्न सक्छन् ।

आरामदायी निद्राले यस्तो प्रकारको समस्याबाट केही हदसम्म आराम दिनसक्छ । बेचैनी, खुट्टाको समस्या वा स्लिप एपनियाजस्ता समस्याका लागि बजारमा विशेष प्रकारको तकिया पाइन्छ तर यसका लागि डाक्टरसँग सम्पर्क गरेर उचित सल्लाह लिनु नै बुद्धिमानी हो ।

चर्चामा

सम्बन्धित समाचार