मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

  • मङ्लबार, मंसिर ९, २०७७
भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सुशान्त सिंह राजपूतको मामिलामा ड्रग्सको कुरा सार्वजनिक भएपछि फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले नयाा सिलसिलामा चर्चित व्यक्तिहरुको घरमा छापामारी पनि गरिरहेको छ । यसमा अब ताजा नाम चर्चित हास्यकलाकार भारती सिंहको नाम जोडिएको छ ।

भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्यो । एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा ८६.५ ग्राम गाँजा भेटिएको थियो । विभागका अधिकारीको दाबी अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारेका छन् । भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार