बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १
  • समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

  • सोमवार, मंसिर ८, २०७७
समायोजन नभएका कर्मचारीलाई यथास्थानबाटै सेवा दिन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो ।

कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले निर्देशन दिएको छ । हाल अस्पतालमा कार्यरत तर अन्य कार्यालयमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालले काममा लगाइ तलब भत्ता ख्वाउनुपर्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार