शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौ घाइते

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौ घाइते

  • आइतवार, मंसिर ७, २०७७
काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौ घाइते

एजेन्सी — अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार