शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • कृषि यान्त्रिकरणमा जोडिदै जगन्नाथ गाँउपालिका

कृषि यान्त्रिकरणमा जोडिदै जगन्नाथ गाँउपालिका

  • शनिबार, मंसिर ६, २०७७
कृषि यान्त्रिकरणमा जोडिदै जगन्नाथ गाँउपालिका

बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाउँपालिका कृषि यन्त्रसंग जाेडीन लागेकाे छ । कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा जगन्नाथ गाउँपालिकामा कृषि अाैजार तथा उपकरण बितरण गरिएकाे जगन्नाथ गाउँपालिका प्रधान मन्त्री राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन ।

  नेपाल सरकारको नीति अनुसार कृषि यान्त्रिकरणमा जोड दिनु पर्ने उल्लेख भएपनि पहाडि र हिमाली जिल्लामा यातायातको अशुबिधाका कारण नीतिमा उल्लेख भएपनि कार्यान्वयन हुन नसकि रहेको बेला जगन्नाथ गाँउपालिकाले किसानको सहजताका लागि कृषि ज्ञान केन्द्र बाजुराले पचास प्रतिशत अनुदानमा कृषकहरुका लागि कृषि औजार खरिद गरि बितरण गरेकाे गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन ।

 प्रत्येक वडालाई एक एक वटा हाते ट्रयाक्टर खरिदका लागि बाँकी पचास प्रतिशत रकम गाँउपालिकाले किसानहरुलाई अनुदानमा किन्नुका साथै मार्तडी देखि वडा कार्यालय सम्मको ढुवानी गाँउपालिकाले व्यहोरको अध्यक्ष शाहीले बताए । शनिबार एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष कालि बहादुर शाहीले गाँउपालिकाको केन्द्र जुड्डीमा ६ वटै वडाका कृषक समुहलाई हस्तान्तरण गरेकाे राेजगार संयाेजक जाेशीले बडीमालिका खवरलाइ बताएका छन ।

ट्रयाक्टर संचालन पश्चात किसानहरुको समयको बचत,कम लागतमा उत्पादन र किसानको उत्पादनमा बृद्धी हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएकाे छ । ट्रयाक्टर संचालनका लागि कृषक समुहले आवश्यक नीति वनाएर कुनै समुहको एक जना व्यक्तिलाई जिम्मा दिने र प्रति घण्टाको आधारमा निश्चित रकम लिएर संचालन गर्ने निर्णय भएको जानकारी वडा नं ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीले बताए ।

प्रत्येक वडाका एक एक जनाले रोजगारी प्राप्त गर्नुका साथै ट्रयाक्टरको संरक्षण हुने र गाँउमा पशु बस्तु पालनमा कमि आउनुका साथै वन संरक्षण हुने गाउँपालिकाले जनाएकाे छ । प्राविधिक ज्ञानका लागि ६ वटै वडाका समुहले छानेका व्यक्तिहरुलाई कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा आवश्यक तालिमको व्यवस्था गरिने  गाउँपालिका अध्यक्ष शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार