शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका खबर द्धारा शाहाराबिहिन तिन बहिनीलाई सहयोग

बडिमालिका खबर द्धारा शाहाराबिहिन तिन बहिनीलाई सहयोग

  • शनिबार, मंसिर ६, २०७७
बडिमालिका खबर द्धारा शाहाराबिहिन तिन बहिनीलाई सहयोग

बाजुरा– बडिमालिका खबर द्धारा बडिमालिका नगरपालिका ८ राप्कमा शाहाराबिहिन ३ बहिनीलाई सहयोग गरिएको छ । बडिमालिका खबरमा आमा र बुवा नभएकि साहारबिहनी बनेको समचार प्रकाशित पछि ३ बहिनीलाई सहयोग गरिएको छ ।
समचार प्रकाशित पछि जर्मन नागरिक Andrea Drewer तथा  उनको संस्था Windhorse-Rising ले ३२ हजार, सगरमाथा आरोहि तथा सामाजिक अभियान्ता जाङगु शेर्पाको १५ हजार नगद सहयोग गरेका थिए । नगद सहयोग रकम बाट ३ बहिनीलाई लुगाकपडा र स्टेशनरी सहयोग गरेको बडिमालिका नगरपालिका कर्मचारी बिर बहादुर बिष्टले वताएका छन् । १७ हजार ७ सय बराबरको सामान किनेर सहयोग गरेका छौ, बाँकि २९ हजार ३ सय ति बालिकाका नाममा खाता खोलेर रकम जम्मा गरिदिने वताए । तिनिहरुलाइ पठनपाठन र लुगाकपाडा लागि उक्क्त रकम खर्च गरिने वताएका छन् ।
बुवा दान बहादुर रावलकाे ३ बर्ष पहिला भिर बाट लडेर मृत्यु भएको थियो । आमा कल्पना रावलले अर्को बिहे गरेपछि ३ बहिनी साहाराबिहिन बनेकी छन् । बुढि बज्यै कन्तरी रावलले भनिन्, उहाँहरुको सहयोग बाट नातिनिहरुलाई ठुलो सहयोग भएको वताईन् ।
आमा र बुवा नभएपछि ९ बर्षकि निशा रावल, ७ बर्षिय भुमिका रावल र ४ बर्षकि पुष्पा रावल अलपत्र रहेको थिए । अहिले बुढि बज्यै कन्तरी रावलको साहारामा रहेकी छन् । बुढी बज्यैको साहार रहेकी तिन बहिनी समस्यामा रहेकि छन् । निशा कक्षा ३ मा, भुमिका कक्षा १ मा र पुष्पा रावल बालकक्षामा स्थानिय मष्टेश्वरी आधारभुत बिद्यालयमा पढने गरेकि छन् । बिद्यालयमा जाने गरेकी भएपनि कापि कलम लुगाकपडा ब्यबस्थापन गर्नमा निकै समस्या भएको छ । खानेकुरा त जेनतेन ब्यबस्थापन गर्ने गरेको छु, तर अन्य खर्च भने ब्यबस्थापन गर्न नसकेको कन्तरी रावलले वताईन् ।
नियमित बिद्यालयमा त पठाउने गरेको छौ, कहिले केही हुदैन कहिले नहुने गरेको उनले वताएकि छन् । अरुका लुगाफाटा मागेर पनि लगाउने गरेको कन्तरीले वताएकि छन् । चाडपर्वमा अरुले नयाँ लुगा लगाएको देख्दा बज्यै नयाँ लुगा लगाउने भन्छन्, तर आफु सँगै पैसा हुदैन कसरी ब्यबस्थापन गर्ने उनले वताएकि छन् । निशाले भनिन्, आमाले पनि केही नभनेर गईन्, बुवा आमा नहुँदा निकै समस्या भएको उनले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार