शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • हिंसा पिडित न्यायिक निकाएसम्म पुग्न समस्य

हिंसा पिडित न्यायिक निकाएसम्म पुग्न समस्य

  • शुक्रबार, मंसिर ५, २०७७
हिंसा पिडित  न्यायिक निकाएसम्म पुग्न समस्य

बाजुरा — बाजुरा जिल्लामा हिसा पिडित महिलाहरु न्यायिक निकायसम्म पुग्न नसक्दा समाज र परिवारबाट हिंसा सहेरै बस्नु परेको बुझिएको छ । सुक्रबार सदरमुकाम मार्तडीमा अनौपचारि क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको आर्थिक सहयोगमा जिल्ला मानब अधिकार रक्षक संजालको अवस्था र सवाल बिषयक समिक्षा बैठकमा सहभागिहरुले यस्तो कुरा बताउनु भएको छ ।
दलित अधिकारकर्मी गोरख सार्कीका अनुसार स्वार्मीकार्तिक खपर गाउपालिकाकी रिली चदारालाई दलित भनेर स्थानिय बिनोद शाहीले बारीमा सिचाईको लागि पानी लग्दा पानि लग्न नदिएर पानी लगेको पाईप तोडेर नहर नै बत्काई दिएपछि कार्तिक ३० गते कुटपीट गरे कुटपीटपछि इलाका प्रहरी कार्यालय पिलुचौरमा उजुरी दिईन । उजुरी पश्चात राजनैतिक दबाबले गर्दा बिना छलफल रिलीको उजुरी ढिसमिस भएको बताए । यस्तो अपराधिक काम गर्नेलाई मानब अधिकार रक्षकको पहलबाट सम्बन्धित निकायमा कानुनी प्रकृयामा सहयोग गर्नु पर्ने बताए ।
त्यस्तै रेडियो बार्जुकी स्टेसन मेनेजर नन्दा थापाका अनुसार बुढीगंगा नगरपालिका ९ की मिश्रा थापाका श्रीमानले केही बर्ष पहिला बहुबिबाह गरे उनले जिल्ला अदालतमा उजुरी गरिन बाजुरा जिल्ला अदालतले मिश्रालाई अंश र माना चावल दिनु पर्ने फैसला गर्यो । अदालतबाट त फैसला भयो हाल मिश्रा साहारा बिन जस्तै बनेकी छन घर छैन । श्रीमानले घर लगाउने जमिन दिएको छ अरु केही छैन । यस्ता समस्य परेका महिलाहरुको समस्य समाधानमा लाग्नु पर्ने बताईन ।
त्यस्तै कानून ब्यबसायि तुलाराम जैशीका अनुसार हिसामा पढेका महिलालाई नेपाल सरकारद्धरा बैतनिक वकीलको ब्यबस्था छ त्यसको लागि सरकारी वकील कार्यालयमा सम्पर्क गर्नु पर्छ भन्ने नै थाहा नहुदा समस्या हुने गरेको बताउनु भयो । यस्को सबै सरोकारवालाहरुले प्रचार गर्न जरुरी रहेको बताए ।
स्थानिय तहका उप प्रमुख र उपाध्यक्षको संयोजगत्वमा बनेको न्यायिक समितिले हिसा पिडितको बारेमा काम गर्न नसकेको समिक्षा बैठकले निर्कष गरेको छ ।
यी यस्ता सवालहरु उदारहण मात्र भएको र जिल्लामा यस्ता हिसा पिडित थुपै्र समस्यमा परेकाले यस्ता सवालको बारेमा जिल्ला प्रशासन कार्यालयलाई ध्यान आर्कषण गराउने समिक्षा बैठकले निणर्य गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार