आज देशको अबस्था कसैबाट लुकेकोछैन।देशमा बिदेशको अतिक्रमण र चलखेल बढ्दै गयकोछ।जनताले लामू शंघर्ष गरेर ल्याएको गणतन्त्र समेत धरापमा परेकोछ।प्रतिगमनले फेरी सिर उठाएकोछ।जनताले देशम भयको भ्रष्टचार,बलत्कार महेगाई लाई लिएर बहुदलिय ब्यबस्थामाथि आक्रोश ब्याक्त गर्दैछन यस्को फाईदा उठाएर राजाले जनतामा भ्रम श्रृजना गरेर सत्ता हत्ताउँने जम्रको गर्दैछन।यो अबस्थामा देशका बलिया राजनीतिक शक्तिहरुको आपसमा गुट बन्दि गर्ने र पार्टिलाई फुटाउँने जुन प्रयात्न भयकोछ त्यो गलत भयको मान्नु पर्छ।यस बाट देशको र जनताको फाईदा कत्तिपनि हुनेछैन।पार्टी फुट्नु भनेको एउटा दुर्घट्नानै हो जो देश र जनताको लागि दुर्भाग्यानै हुँनेछ।
अहिले देशमा नाम मात्रको भयपनि कम्युनिष्ट भनौदाहरुको सरकारछ राष्ट पति बाट लिएर प्रधान मिन्त्री लगायत पुरै दुई तिहाई बहुमत कम्युनिष्टको हुँदा हुँदैपनि देशले निकास नपाउँनु र जनताले आधारभुत सुबिधाबाट बाँचित रहनु भनेको पनि लज्जास्पत बिषयनै हो।
नेपालमा कम्युनिष्टहरु पटक-पटक फुट्ने र जुट्ने गर्दै आएकाछन।उनिहरु नीति सिध्दान्त लाई लिएर भन्दा पनि आ-आफ्नो स्वार्थलाई लिएर फुट्ने र जुट्ने गरेको लामू पृष्ठभूमीछ।आखिर यस्तो किन हुँन्छ यसबारेमा चिन्तन मनन्को खाँचोछ।ईमान्दारी सँग यसबारे चिन्तन र मनन् गर्दा यो प्रष्ट हुँनेछ देशभित्र कम्युनिष्ट ईतिहाश कस्तोछ र कस्तो हुँनु पर्नेहो।यति लामू कम्युनिष्ट आन्दोलनको ईतिहाश छ जस्ले पटक पटक देश रजनताको पक्षमा पाईला चाल्दा चाल्दै कतै आफैमा भड्किन्छर बाटो बिराउँन पुग्छ।यात पार्टीले आबेशमा निर्णयगर्छ जस्लाई ब्यबहारमा उतार्न सक्दैन।वा पार्टिले आन्दोलन सञ्चालन गर्दा प्रतिकृयावादीहरुको निसाना बनेर त्यो गनतब्याहिन बन्न पुग्छ।
कम्युनिष्ट बिचार धारा लाई ब्यबहारमा उतारन कठिन हुँन्छ।उनिहरु कम्युनिष्ट बनिसकेका हुँदैनन र उनिहरू सरकारमा सामिल हुँन्छन वा पार्टीको नेतृत्व पंक्तिमा पुग्छन जो कम्युनिष्ट बनेका हुँदैनन उनिहरुले त्यँहा नीति आफ्नु अनुकुल बनाएर पार्टिलाई त्यो दलदलमा डोराउँछन जो दक्षिण पन्थि वा अराजक र उग्रवामपन्थि भड्कावको सिकार बनेर छाड्दछन।
त्यो अभ्यास अहिले पनि चलि रहेकोछ कम्युनिष्टहरुको माझमा।अहिले मुहार पुस्तिकामा सरसर्ति हेर्दा हामिले देख्छौ,कयौँ क्रायाक्रताहरु बिरोधको लागि बिरोध गर्छन।त्यसलाई कसरी ठिक भन्ने।एउटाले एउटा स्टेस लेखेर आफ्नो मनको गुनासो टाँस्यो आर्कोले उस्ले गरेको गलतिको उस्लाई मैत्रि पुर्ण रुपमा सम्झाउँनुको सट्टा त्यसको खोईरो खन्न थाल्छन।अब त्यो फुटेर जान्छ त्यो ‘रअ’को मान्छेहो आदि ईत्यादि कुरा गरेर त्यस्ले गरेको झिनो गलतिको सजाए मुहारपुस्तिकामा त्यसलाई कार्वाहिनै गर्ने बाताबर्ण श्रृजित गराई दिन्छन।यस्तो बिचारधारा ठिक होईन।हामिले कसैले कुरा राख्नै नहुँनेपनि त्यस्ले राखि हाल्यो बरु त्यसलाई फोन गर्ने र वा आफै भेट भयर उस्लाई सम्झाउँनुको साटो त्यहि मुहार पुस्तिकामा उस्लाई यो किन भनिस यो ठाउँमा भन्नु पर्छ आदि भन्दै हामि आफैले पनि पार्टी संगठनकोअनुसाशनको अपहेलना र अपमान गरेका हुँन्छौ।
पार्टी जुन सुकै हौश सबै मान्छे ठिक वा सबै खराब हुँदैनन। हामिले पार्टिको लाईनलाई हेरेर उस्को आलोचना गर्ने गर्छौ।जस्लाई जनतामा उस्को लाईनले यो यो गलति गर्दैछ भनेर जनचेतनालाई जगाउँने प्रयात्न गर्नुपर्छ।त्यसबाट जनतालाई बुझ्ने मोका मिल्छ र देश खतरामा जाध बाट बच्छ।
कृपया हामि कौवाले कान लग्यो भनेपछि आफ्नो कानलाई छामौ कौवाको पछि न भागौँ।मुहार पुस्तिकामा कसैको आलोचना नगरौँ।बर्ग शंघर्षमा बिस्वाश राख्ने पार्टि शंठानले आफ्नो बर्गको बिरुद्ध दुश्मन जस्तो बर्ताव गर्दैनन र गर्नु पनि हुँदैन।२००६सालबाट अहिले सम्म सात दशक लामू ईतिहाश बोकेको नेपाली कम्युनिष्ट आन्दोलन आज टुक्रा-टुक्रामा बिभाजन भयकोछ।जस्ले गर्दा देशमा नौलो जनवादी क्रान्ति को बस्तुगत अबस्था तयार भयरपनि क्रान्तिको आवहान गर्न सक्ने क्षामतामा आएकोछैन।
चीन र रुसको ईतिहाश हेर्नुश छोटो समयमा उनिहरुले देशभित्र क्रान्ति समपन्न गरेर छाडेका थिए।तर हाम्रो देशमा कम्युनिष्ट भनौदाहरुले बारमबार भ्रमश्रृजना गराएर अहिलेपनि अबस्था उस्तैछ।देशमा जब निरंकुस राजतन्त्र थियो त्यो बेला जनताहरुले आफ्नो पाल्टिलाई भन्दा राज तन्त्र बिरुद्धको आन्दोलन लाई प्रमुख मान्थे र आन्दोलन ठुलो जोडदार एकता बद्ध हुँन्थ्यो।अहिलेको अबस्था त्यस्तो छैन अहिले आ-आफ्ना पार्टिहरुको लागि शंघर्ष गर्दा देश भक्ता वा क्रान्तिकारी आन्दोलन ले जोड पकड्न सकेको छैन।देशभरीका देशभक्तहरुको एकताको अहिले ब्यापक आबस्याकता महेशुर्ष भयको बेला कम्युनिस्टहरु आपसमा टुक्रिनु भनेको शुखद बिषय होईन।