शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • जम्मू–कश्मीरः सुरक्षाबलसँगको मुठभेडमा जैशका ४ चरमपन्थी मारिए

जम्मू–कश्मीरः सुरक्षाबलसँगको मुठभेडमा जैशका ४ चरमपन्थी मारिए

  • बिहिबार, मंसिर ४, २०७७
जम्मू–कश्मीरः सुरक्षाबलसँगको मुठभेडमा जैशका ४ चरमपन्थी मारिए

जम्मू–कश्मीरको नगरौटामा सुरक्षा बल र चरमपन्थीबीच भएको मुठभेडमा चार चरमपन्थी मारिएका छन् भने एक सुरक्षाकर्मी घाइते भएका छन् ।

जम्मू–कश्मीर प्रहरीले यो जानकारी ट्वीटरमा दिएका छन् । प्रहरीका अनुसार बिहिबार बिहान टोन प्लाजा नजिकै भएको यो इन्काउन्टरमा प्रहरी, सिआरपीएफ र भारतीय सेना समावेश रहे ।

एक समाचार च्यानलसँगको कुराकानीमा जम्मू–कश्मीरका डिजीपी दिलबाग सिंहले भने, ‘जहिले पनि जब यहाँ शान्ति देखिन्छ तब यसलाई भंग गर्नका लागि पाकिस्तानी एजेन्सीले यहाँ जैश–ए–मोहम्मद वा लश्कर–ए तैयबका आतंककारी पठाउँछन् । यी पाकिस्तान मूलका मानिसहरुले हुन् । यसपटक जैश–ए–मोहम्मदका आतंककारी पठाइएको थियो तर खुसीको कुरा के हो भने पाकिस्तानको अर्को एउटा कोसिस विफल रह्यो ।

यी चरमपन्थी ट्रकमा सवार थिए र कश्मीर घाटीतर्फ जाँदै थिए । तर जम्मूको नगरोटामा नै यो ट्रक समातियो । घटनापछि टोल प्लाजा नजिकैको इलाकामा सुरक्षा बढाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार