शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीप अस्ट्रेलियाको बिग ब्यास लिग टिम होबर्ट हुरिकेन्समा आबद्ध

सन्दीप अस्ट्रेलियाको बिग ब्यास लिग टिम होबर्ट हुरिकेन्समा आबद्ध

  • बिहिबार, मंसिर ४, २०७७
सन्दीप अस्ट्रेलियाको बिग ब्यास लिग टिम होबर्ट हुरिकेन्समा आबद्ध

काठमाडाैं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल)  सिजन २०२०-२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्। होबर्टले २० वर्षीय युवा स्पिनर सन्दीपसँग सम्झौता भएको बिहीबार घोषणा गरेको छ।

सिजनको बिबिएल डिसेम्बरबाट सुरू हुने भए पनि सन्दीप जनावरीदेखि आबद्ध हुरिकेन्सले  जनाएको छ। हुरिकेन्सबाट बिबिएल खेल्न पाउँदा आफू उत्साहित भएको सन्दीपले बताएका छन्।

‘बिबिएल-१० का लागि होबर्ट हुरिकेन्स परिवारमा जोडिन पाउँदा सम्मानित भएको महसुस भएको छ। मलाई अस्ट्रेलियाबाट सधैं धेरै माया र समर्थन आइरहेको छ। र स्तरिय प्रतियोगिता बिबिएल उत्साहजनक छ। ब्लन्डस्टोन एरेनामा खेल्न आतुर छु,’ सन्दीपको भनाइ छ।

हुरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीप टिमको बलिङ आक्रमणका लागि एक्स-फ्याक्टर हुने बताएका छन्। सन्दीपसँग सम्झौता गरेसँगै हुरिकेन्सको टिम पूर्ण भएको छ। हुरिकेन्समा जेम्स फल्कनर, म्याथ्यु बेड, टिम डेभिड, पिटर ह्यान्डकम, टिम पिने, डिआर्ची सर्ट लगायतका खेलाडी छन्।

विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका डविड मालन, सन्दीप लामिछाने र वेस्ट इन्डिजका किमो पाउल छन्। सन्दीपले पछिल्ला दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए। उनले दुई सिजनमा २० खेल खेल्दा २६ विकेट लिएका थिए। उनको बिग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु हो।

सिजनको बिग ब्यास लिग आगामी १० डिसेम्बरबाट सुरु हुँदैछ। लिग ६ फेब्रुअरीमा सकिनेछ। कोरोना भाइरसले २०२० को क्रिकेट खेल तालिका असर गरेको अवस्थामा सन्दीपले तेस्रो लिग खेल्न लागेका हुन्।

सन्दीप गत साउनमा क्यारेबियन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा गएका थिए। उनी त्यतैबाट असोज पहिलो साता आइपिएल २०२० का लागि युएई पुगेका थिए। क्यारेबियन प्रिमियर लिगमा सन्दीपले जमैका तलावाजबाट समूह चरण र सेमिफाइनल गरी सबै ११ खेल खेल्दा १२ विकेट लिन सफल भएका थिए। तर सिजनको आइपिएलमा सन्दीपलाई दिल्ली क्यापिटल्सले कुनै पनि खेलमा मौका दिएन।

चर्चामा

सम्बन्धित समाचार