बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • साहाराबिहिन मार्तडिका रति थापालाई सहयोग

साहाराबिहिन मार्तडिका रति थापालाई सहयोग

  • बुधबार, मंसिर ३, २०७७
साहाराबिहिन मार्तडिका रति थापालाई सहयोग

बाजुरा–बडिमालिका ९ बस्ने ६१ बर्षका रति थापालाई सहयोग गरिएको छ । रति थापा अलपत्र परेको समचार बडिमालिका खबरमा समचार प्रकाशित गरेपछि उनलाई सहयोग गरिएको हो । रति थापालाई १२ हजार बराबरको लुगाकपडा, भाडाकुडा, तेल, साबुन, चिनि दाल, सहयोग गरेको बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले वताएका छन् ।


समचार प्रकाशित भएपछि भारतको दार्जिलिङ्ग घर भइ हाल साउदि बस्ने संगिता घिमिरले ७ हजार र १६ पटक सगरमाथा आरोहि तथा समाजसेबि जाङगु शेर्पाले ५ हजार सहयोग गरेको थियो । १२ हजार बराबरको रतिलाइ लगाउने लुगाकपडा, भाडाकुडा, तेल, साबुन, चिनि दाल, किनेर सहयोग गरेको स्थानिय शिक्षिका मनि थापाले वताएकि छन् । बडिमालिका खबरको टिम घरमै पुगेर सहयोग गरिएको थियो ।


जन्मजात देखि अपांग रहेका उनि घरको एक्लो सदस्य रहेका छन् । बुढेशसकाल लाग्दै गर्दा उनि अहिले अलपत्र रहेको स्थानिय शिक्षिका मनि थापाले वताएकि छन् । आमाको १० बर्ष पहिला मृत्यु भएपछि उनि १० बर्ष देखि साहाराबिहिन बनेका छन् । बुवा अमर सिं थापाको मृत्यु भएको १६ बर्ष जति भयो, पछि आमा धनमति थापा सँग रहेका रति आमाको मृत्यु भएपछि उनि एक्लै रहेको मनि थापाले वताएकि छन् । रतिकि एउटा दिदि र एउटा बहिनि रहेकि थिईन् । जेठी दिदि लडेर मृत्यु भइसेको छ भने बहिनी लालीले बिहे गरिसकेकी छन् ।


रति केही बर्षपहिला अलि अलि यताउता गर्न सक्थे, तिन बर्ष देखि उनि थला पर्दै गएपछि अहिले अलपत्र अबस्थामा रहेका छन् । बाहिर भित्र र शौचालय पनि घ्रिसेर जाने गरेको स्थानियले वताएका छन् । रतिले रुदै भने कसैले दियो भने खानेगरेको छु, नभए भोकै बस्ने गरेको उनले वताएका छन् । चिसो मौसम शुरु भएको छ, लगाउने लुगा र ओडने ओछ्याउने केहि नभएको उनले वताएका छन् ।


राम्रो सँग खानलगाउन नपाएपछि उनमा कुपोषण समेत देखा परेको छ । शिक्षिका मनि थापाले भनिन्, कहिले काँहि आफुहरुले सहयोग गर्ने गरेका छौ, हाम्रो पनि घर टाढा भएकाले समस्या भएको उनले वताईन् । उनि चल्न नसक्ने अपागं भएपनि उनलाई ख वर्गको परिचय पत्र दिएको छ । उनलाई क बर्गको परिचय पत्र आबश्यक हो, हामीले कागजपत्र बनाउनु भनेका छौ, बडिमालिका नगरपालिका महिला शाखामा कार्यरत केशरी रोकायाले वताएकि छन् । तर रति थापाको कागजपत्र र उनलाई बोेकेर अस्पताल लिने मान्छे समेत कोही छैनन् ।
सदरमुकाम मार्तडीमा नजिकै उनि बस्ने भएपनि उनको सहयोग र उद्धारमा कसैले चासो देखाएको छैन् । सरसफाई र सहयोग गर्ने कोही नहुँदा अलपत्र परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार