शनिबार, फाल्गुन २२, २०७७
  • होमपेज
  • समाज
  • जुवाखालबाट अढाई लाख नगद र सुनका गहनासहित ९ जना पक्राउ

जुवाखालबाट अढाई लाख नगद र सुनका गहनासहित ९ जना पक्राउ

  • आइतवार, कार्तिक ३०, २०७७
जुवाखालबाट अढाई लाख नगद र सुनका गहनासहित ९ जना पक्राउ

उदयपुर– उदयपुर प्रहरीले सदरमुकाममा जुवाखालबाट झण्डै अढाई लाख नगद, सुनका गरगहना र ३ लाख बढीको चेकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । आईतबार विहान २ः३० बजे त्रियुगा नगरपालिका १० करमगाछीस्थित एक घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटेको प्रहरी टोलीले घर छापा मार्दा रंगेहात भेटेर घरधनीसहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी ४९ वर्षीय पुरुष, २० वर्षीय, त्रियुगा ११ का ४० वर्षीय, ४० वर्षीय, ४५ वर्षीय, ४० वर्षीय, ४२ वर्षीय, ४१ वर्षीय र २९ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उयदपुरले जनाएको छ । उनीहरुको साथबाट २ लाख ४७ हजार १ सय १७ रुपैयाँ नगद, कृषि विकास बैंक १ बुङ तास, १९ थान कौडा, १७ थान मोवाईल, २ थान सुनको सिक्री, ३ थान औंठी बरामद गरेको छ । त्यस्तै नविल बैंकको २ लाख १० हजार र कृषि विकास बैंकको १ लाखको चेक, १९ थान मोटरसाईकल, ६ थान चावी पनि बरामद भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले जुवा खेलिरहेको विशेष सुराकीका आधारमा टोली पठाएर उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । उनका अनुसार राति प्रहरी सुतिसकेको भन्ने ठानेर जुवा खेल्न थालेको अनुमानका आधारमा टोली खटाउँदा जुवा खेलिरहेको रंगेहात फेला पारेर पक्राउ गरिएको हो ।

बरामद नगद भुस (फिर्ता नहुने) कानुन रहेको एसपी दाहालले बताए । सुनका गरगहना र अन्य सामग्रीको बारेमा भने उनले केही बताएनन् । घट्नाबारे विशेष टोली गठन गरेर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रहरीले सातादिनअघि नै भेला जमघट नहुन, जुवातास नखेल्न, पटाका र आतिसबाजीजस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र मन्दिर, देवलमा भीडभाड हुनेगरी पुजा नगर्न सचेत गराएको थियो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै कोभिडको जोखिमबा बँच्न घरघरमै बसेर तिहार मनाउन गरेको आग्रहको उल्लंघन गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिँदादिँदै यस्तो गतिबिधिमा संलग्न भएको पाइएकाले कारबाही गर्न बाध्य हुने एसपी दाहालले बताए । #नागिरक

चर्चामा

सम्बन्धित समाचार