बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ह्वाइट हाउसमा दिपावली, डोनाल्ड ट्रम्प लगायत विश्व चर्चित नेताहरुले दिए शुभकामना

ह्वाइट हाउसमा दिपावली, डोनाल्ड ट्रम्प लगायत विश्व चर्चित नेताहरुले दिए शुभकामना

  • आइतवार, कार्तिक ३०, २०७७
ह्वाइट हाउसमा दिपावली, डोनाल्ड ट्रम्प लगायत विश्व चर्चित नेताहरुले दिए शुभकामना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभकामना दिँदै अमेरकी राष्ट्रपति भवनमा दीप जलाएर दिपावली समेत गरेका छन् । ट्रम्पले आफुले दीप जलाइरहेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै राष्ट्रपति ट्रम्पले ‘ह्यापी दिपावली’ भनेका छन् ।

त्यस्तै अमेरिकाकै नवनिर्वाचि राष्ट्रपति वो बाइडेनले पनि दिपावलीको शुभकामना दिएका छन् । उता, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र प्रिन्स चाल्र्सले पनि दिपावलीको शुभकामना दिएका छन् । बेलायतका प्रधानमन्त्री जोनसले ब्रिटिश हिन्दु, शिख र जैन धर्माबलम्बीहरुलाई दिपावलीको एकमुष्ट शुभकामना दिएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायतका नेताहरुले पनि दिपावलीको शुभकामना दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार