शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • ग्रामिण क्षेत्रका लागि नबिकरणीय उर्जा कार्यक्रम (रेरा) दोस्रो चरण बाजुरामा लागु

ग्रामिण क्षेत्रका लागि नबिकरणीय उर्जा कार्यक्रम (रेरा) दोस्रो चरण बाजुरामा लागु

  • शुक्रबार, कार्तिक २८, २०७७
ग्रामिण क्षेत्रका लागि नबिकरणीय उर्जा कार्यक्रम (रेरा) दोस्रो चरण बाजुरामा लागु

बाजुरा — नेपाल सरकारद्धारा संचालित बैकल्पीक उर्जा प्रबद्धन ग्रामिण क्षेत्रका लागि  नविकरणीय उर्जा कार्यक्रम (रेरा) दोस्रो चरण कार्यक्रम बाजुरामा सुरु भएको छ । जिल्लामा दोस्रो चरणको कार्यक्रम संगै जिल्लाका सबै स्थानीय तहमा सो कार्यक्रम लागु हुने भएको छ ।
नबिकरणीय उर्जाका कार्यक्रमहरु अन्र्तगत जिल्ला सबै स्थानीय तहहरुमा उर्जा सम्बन्धी काम गर्ने गरी जिल्लामा (रेरा) दोस्रो चरण कार्यक्रम लागु भएको नबिकरणीय उर्जा कार्यक्रम (रेरा) बाजुराका कलष्टर कोडिनेटर सागरसिहं सेवाले बताएका छन ।
जे आई जेठ को प्राबिधीक सहयोग नेपाल सरकारको बैकल्पीक उर्जा प्रबद्धन केन्द्र अन्तरगत बाजुरामा सो कार्यक्रम लागु गरिएको कलष्टर कोडिनेटर सेवाले बडिमालिका खवरलाई बताएका छन । (रेरा) दोस्रो चरणले जिल्ला सबै स्थानीय तहमा नबिकरणीय बैकल्पीक उर्जा प्रबद्धनमा प्राबिधीक सहयोग गर्ने उनले बताए ।
त्यसै गरी सबै स्थानीय तहको बैकल्पीक उर्जा तथा नबिकरणीय उर्जाका सम्बन्धी निति तथा योजना बनाउन समेत सहयोग गर्ने सेवाले बताएका छन । भखर सुरुवात भएको कार्यक्रमले जिल्लाको उर्जा क्षेत्रमा सहयोग गर्ने उदेस्यका साथ लागेकोले सबै स्थानीय तहका जनप्रतिनीधी तथा कर्मचारीहरुले सो कार्यक्रमलाइ सहयोगको अनुरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार