शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • गायक शेर कैनीको ‘बदलिँदैन मन’ सार्वजनिक (भिडियोसहित)

गायक शेर कैनीको ‘बदलिँदैन मन’ सार्वजनिक (भिडियोसहित)

  • बिहिबार, कार्तिक २७, २०७७
गायक शेर कैनीको ‘बदलिँदैन मन’ सार्वजनिक (भिडियोसहित)

डडेल्धुराः गायक शेर कैनी र अस्मिता अधिकारीकोे स्वरमा रहेको ‘बदलिँदैन मन’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो।

हिमाँशु रायमाझी ‘गोधुली’को शब्द रहेको उक्त गीतमा भीम विसीको संगीत छ। पुष्कर सुनुवारको एरेन्ज रहेका हुन्।

युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्यूजिक भिडियोमा तुल्सी सिंह र कविता नेपालीको अभिनय देख्न सकिन्छ।

विक्रम चौहानले कोरियोग्राफी/डिरेक्सन गरेको यस भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन्। गीत सिन्धुलीका विभिन्न क्षेत्रमा छायांकन गरिएको हो।

भिडियोमा मिलन विश्वकर्मा विकाशको सम्पादन रहेको छ। भिडियको मिक्सिङ्ग÷मिस्टरिङ्ग मनोज परियारले गरेका हुन्। गायक कैनी अत्तरिया मेरी स्टोप्स सेन्टर नेपालका डिजी कोडिनेटर पनि हुन्।

भिडियो:

चर्चामा

सम्बन्धित समाचार