बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • तिहारमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

तिहारमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

  • बिहिबार, कार्तिक २७, २०७७
तिहारमा देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले यसपालीको तिहारमा दिउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाईरस संक्रमणको जोखमलाई मध्यनजर गर्दै प्रशासनले भिडभाड नर्गन आग्रह गरेको हो ।

तिहारको बेला जिल्लामा ठुलो संख्यामा नागरिक भित्रिएका भन्दै भिडभाड नगर्न, कुनै किसिमको जमघट र भेला नर्गन पनि प्रशासनले सचेत गराएको छ। साथै पटकाबाट आगलागी लगायतको क्षति हुने भएका कारण अति ज्वलनशिल पदार्थ बेचबिखन र प्रयोग नगर्न, जुवातास नखेल्न, नखेलाउन, नियमित पुजा बाहेक पशुबली तथा दर्शनका लागि जमघट नर्गन, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम आयोजना नर्गन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना मार्फत जानकारी गरेकाे छ ।

यस्तै खेलकुद प्रतियोगिता, रमाईलो मेला, सांस्कृतिक कार्यक्रम नर्गन, ठुलो स्वरमा ध्वनि प्रदुषण हुने गरी गितसंगित नबजाउन पनि प्रशासनले आग्रह गरेको छ । स्वास्थ्य र सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम राख्न समेत प्रशासनले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार