डोटी: डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको गएराति मृत्यु भएको हो ।
४ दिनअघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उनको रक्तश्राव नरोकीएपछि अस्पतालले रेफर गरेको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको गएराति मृत्यु भएको जनाइएको छ ।