बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

  • बिहिबार, कार्तिक २७, २०७७
महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

काठमाडौं – आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ ।

केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।

पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो ।

तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन्् ।

दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार