शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • ट्रेलब्लेजर्सले जित्यो वुमन्स टी-२० च्यालेन्जको उपाधि

ट्रेलब्लेजर्सले जित्यो वुमन्स टी-२० च्यालेन्जको उपाधि

  • मङ्लबार, कार्तिक २५, २०७७
ट्रेलब्लेजर्सले जित्यो वुमन्स टी-२० च्यालेन्जको उपाधि

वुमन्स टी-२० च्यालेन्जको उपाधि ट्रेलब्लेजर्सले जितेको छ । कप्तान स्मृति मान्धानाको अर्धशतक र सल्मा खातुनको ३ विकेट मद्दतमा ट्रेलब्लेजर्सले साविक विजेता सुपरनोभालाई १६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

युएईको शारजहाँमा भएको फाइनलमा ब्रेलब्लेजर्सले दिएको ११९ रनको लक्ष्य पछ्याएको सुपरनोभाले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०२ मात्र बनाउन सक्यो ।

सुपरनोभाका लागि कप्तान हर्मनप्रित कौरले सर्वाधिक ३० रन बनाइन् । ट्रेलब्लेजर्सका लागि सल्मा खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । यस्तै दिप्ती शर्माले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ट्रेलब्लेजर्सले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । ट्रेलब्लेजर्सको कप्ता कप्तान मान्धानाले ४९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाइन् । यस्तै ड्रिएन्ड्रा डटिनले २० र रिचा धोषले १० रन बनाइन् । सुपरनोभाका लागि पुनव यादवले उत्कृष्ट बलिङ गर्दै एक्लै ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ मात्र खर्चेकी थिइन् ।

तीन टिम सम्मलित लिगको समूह चरणमा सुपरनोभाले ट्रेलब्लेजर्सलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा ट्रेलब्लेजर्सले तयसको बदला लिँदै पहिलो पटक उपाधि जितेको हो ।

यसअघि लगातार दुई पटक उपाधि जितको सुपरनोभाको उपाधिमा ह्याट्रिक गर्ने चाहना पूरा हुन सकेन । सुपरनोभाले पहिलो सिजनको फाइनलमा ट्रेलब्लेजर्सलाई नै पराजित गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार