शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • प्रिमियर लिग : पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

प्रिमियर लिग : पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

  • सोमवार, कार्तिक २४, २०७७
प्रिमियर लिग : पेनाल्टीमा चुक्दा सिटीले लिभरपुलसँग अंक बाँड्यो

२४ कात्तिक, काठमाडौं । केभिन डे ब्रुएनाले पेनाल्टी गुमाएपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले लिभरपुलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीले एक गोलले पछि परेको स्थितिमा बराबरी गोल फर्कायो तर डे ब्रुएनाले पेनाल्टी चुकाउँदा जित हात पार्ने अवसर गुमायो ।

खेलको १३औं मिनेटमा मोहमद शालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिटीका केल वाल्करले साडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो र सालाहले सहजै गोल गरे । तर उक्त अग्रता लामो समय टिकेन । ३१औं मिनेटमा गाब्रीएल जेससले सिटीका लागि बराबरी गोल फर्काए ।

४२औं मिनेटमा सिटीले अग्रता लिने अवसर गुमायो । भिएआर मार्फत लिभरपुलका जोसेफ गोमेजले पेनाल्टी एरियामा बल ह्याण्ड गरेको पुष्टि भएपछि सिटीले पेनाल्टी पायो । तर डे ब्रुएनाको प्रहार पोष्ट भन्दा बाहिर गयो ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा फर्कने अवसर भने गुमायो । ८ खेलबाट १७ अंक जोडेको लिभरपुल टोटनहम समान अंक भए पनि गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ । सिटी ७ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।

वेष्टब्रोमलाई १-० ले पराजित गरेको टोनहम दोस्रो स्थानमा छ । वल्भसलाई १-० ले पराजित गरेको लेस्टर सिटी ८ खेलबमट १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।

लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग ३-० ले पराजित भएको छ । एस्टनभिल्लाका लागि ओली वाट्किन्सले दुई गोल गरे भने आर्सनलका बुकायो साकोले एक आत्मघाती गोल उपहार दिए । जितपछि एस्टनभिल्ला ७ खेलबाट १५ अंक जोड्दै छैटौं स्थानमा छ । आर्सनल ८ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार