शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका दुईजना समाजसेवि युवा आफै खर्च गरेर स्वाब बोकेर कमलबजार पुगे

बाजुराका दुईजना समाजसेवि युवा आफै खर्च गरेर स्वाब बोकेर कमलबजार पुगे

  • आइतवार, कार्तिक २३, २०७७
बाजुराका दुईजना समाजसेवि युवा आफै खर्च गरेर स्वाब बोकेर कमलबजार पुगे

बाजुरा–यतिबेला बिश्वनै कोरोना बाट त्रसित बनिरहेको छ । नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । बाजुरामा जिल्लामा कोरोना संक्रमण दर कम भएपनि चेकजाँच गर्ने जिल्लामा नहुदा समस्या भएको छ ।
कसैले म कोरानाको जाँच गर्छू भनेपनि सहज रुपमा बाजुरामा चेकजाँच हुने अबस्था देखिएको छैन् । अर्को सरकार पनि कोरोनाको चेकजाँचमा पञ्छिरहेको छ । तर बुढिगंगा नगरपालिका २ जना युवाले नगरपालिकाले संकलन गरेको स्वाब लिएर अछामको कमलबजार चेकजाँचका लागि पुयाएका छन् ।

बुढिगंगा ९ निवासी नेपालि काँग्रेसका नेता मान बहादुर रावललाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाब संकलन गरेर चेकजाँच गर्न सरकारले कुनै चासो देखाएको छैन् । तर बुढिगंगा नगर पालिका ९ बस्ने युवा हिमाल सुनार र सोहि नगरपालिका १० बस्ने अभिसेष नाथ (लोक) ले स्वास्थ्यकर्मीलाई स्वाब संकलन गर्न लगाए । ति दुबै युवाले मोटर बाइकमा आफ्नै खर्चमा स्वाब अछामको कमलबजारमा रहेको प्रयोगशालामा पुयाएका छन् ।

ति युवाले १२ जनाको स्वाब बोकेर अछामको कमल बजारमा रहेको प्रयोगशालमा पुयाए । स्वाब संकलन गरेका १२ जना मध्ये एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पुष्टि समेत भएको छ । स्वाब बोकेर प्रयोगशालामा पुयाएका युवाले भने स्वाब संकलन गर्न लगायौ, नगरपालिकाले स्वाब पुयाउने कुनै ब्यबस्था नभएपछि आफै मोटरवाइमा पुयाएको वताएका छन् ।

बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने स्वाब संकलन गरेर प्रयोगशाला पठाउने काम त सरकारको हो, तर ब्यबस्थापन नहुँदा समस्या भएको वताए । आफूहरुले पनि स्वास्थ्यकर्मीको स्वाब संकलन गरेर ति युवा सँग कमल बजार पठाएको बताएका छन् ।
हुनत अहिले कोरोनामा भष्ट्रचार अनियमित भएको खबर सार्वजनिक भएको भएपनि त यस्ता युवा छन्, जो निस्वार्थ भावनामा लागेका छन् । ति उदारणिय ब्यक्ति हुन हिमाल र लोक जस्ले आफ्नै पैसा खर्च गरेर अछामको कमल बजारमा रहेको प्रयोगशालामा स्वाब पुयाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार