बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बाइडनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प

बाइडनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प

  • आइतवार, कार्तिक २३, २०७७
बाइडनले आफूले आफैंलाई बिजेता बताउनु गलतः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावको नतिजा मान्न अस्विकार गरेका छन् ।

उनले यसबारे एक बयानजारी गरेका छन् जसमा उनले भनेका छन्, ‘हामी सबैलाई राम्रोसँग थाहा छ कि बाइडन हतार गर्दै गलत तरिकाले आफूलाई बिजेता बताइरहेका छन् । मिडियामा उनको समर्थक उनको मद्दत गर्न यति धेरै किन कोसिस गरिरहेका छन् । उनीहरु वास्तविकताबारे पर्दाफास होस् भन्ने चाहँदैनन् ।’

‘सिधा कुरा यो हो कि अहिले यो चुनाव समाप्त भइसकेको छैन । जो बाइडनलाई अहिलेसम्म कुनै पनि राज्यले बिजेता घोषित गरेको छैन । थुप्रै राज्यमा पुनः मतगणना हुँदैछ । यस्ता राज्य पनि छन् जहाँ हाम्रा प्रतिनिधिले कानूनी रुपमा आपत्ति पनि दर्ता गरेका छन् ।’

ट्रम्पले यसअघि पनि भोट गन्तीको विषयमा प्रश्न उठाइरहेका छन् । यद्यपि, उनले यससम्बन्धि कुनै प्रमाण भने पेश गरेका छैनन् ।

ट्रम्पका वकिलले सोमबारदेखि कानूनी लडाईं सुरु गरिने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार