सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाज
  • खुट्टा भाँचिएर अलपत्र परेका नबिनको घर पुग्दा : आमा आफ्नो गरिबी र भाग्यलाइ सराप्दै थिईन्

खुट्टा भाँचिएर अलपत्र परेका नबिनको घर पुग्दा : आमा आफ्नो गरिबी र भाग्यलाइ सराप्दै थिईन्

  • आइतवार, कार्तिक १६, २०७७
खुट्टा भाँचिएर अलपत्र परेका नबिनको घर पुग्दा : आमा आफ्नो गरिबी र भाग्यलाइ सराप्दै थिईन्

बाजुरा–कार्तिक १३ गते बिहानै बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य बिरभान परिले मलाई फोन गरे । बिरभानले फोनमा भने तपाइ प्रकाश सिंह हो, मेयर दिपक शाहले नम्बर दिएको हो, हाम्रो गाँउमा बच्चा लडेर खुट्टा भाँचिएको थियो । तपाइले सहयोग गर्नुहुन्छ भनेर दिपक शाहले नम्बर दिएर फोन गरेको हो बिरभानले भने ।
बिरभानले थप भने अछामको बयलगडा अस्पतालमा लग्यौ, त्यहाँ उपचार हुदैन अन्यन्त्र लग्नुपरयो भन्यो, पैसा नभएपछि घरमा ल्याएका छौ, कतै उपचारका लागि सहयोग गरिदिनु परयो । मैले पहिला त स्थानिय सरकार, प्रदेश सरकारलाइ भन्नु परयो भने बिरभानले सबैलाई पहल गरयो आज तिन दिन भयो अन्तमा तपाईले भनेको भने । मैले दिउसो बच्चा भएको ठाँउमा आउँछु भनेर फोन काटे ।
कार्तिक १३ गते खप्तडछेडेदह गाँउपालिकाको आटिचौरमा फुटबल प्रतियोगिताको उद्धघान हुने कार्यक्रम पनि रहेको थियो । त्यहि कार्यक्रममा पनि जाने र त्यो बच्चाको अबस्था बुझ्ने गरि म बाइकमा दिउसो खाना खाएर घाइते नविन चदाराको घर बुढिगंगा नगरपालिका १ कुडिका लागि हिडे । म सँगै उद्योग बाणिज्य संघ बाजुराका सदस्य हंश बहादुर सिंह पनि सँगै थिए । हामी पहिला फुटबल उद्धघाटन हुने स्थानमा गयौ । तर बिरभाने परिले पटक पटक फोन गरेर चाडो आइदिनु परयो भनेपछि म उद्धघाटन कार्यक्रम छोडेर नविनको घर कुडि गए ।
घर नजिकै धुलाम्बे सडकको छेउमै स्टेचरमा नविनलाई राखिएको थियो । गाँउलेहरु जम्मा थिए । आमा खुट्टा भाँचिएको छोरा नविनको झिगां हकाइरहेकि थिईन् । नविन छट्पटिरहेको थियो, रुदै भन्दै थियो, आमा मलाई बचाउ, बचाउ तर आमा भन्थिन पैसा छैन म कता लगु । यो दुश्य देखिरहँदा मेरो मन पनि रुयो । मलाई लाग्यो गरिबका लागि त कोहि रहेन छ ।
नविनलाई ११ गते नविनलाइ रिन काढेर गाडिमा अछामको बयलगडा अस्पताल पुयाएको थियो । बयलपाटा अस्पताल यहाँ उपचार हुन्न अन्यत्र लग्न भनेपछि पैसा नहुदा घर ल्याएको रहेछ । पाउनि चदाराले पैसा नभएपछि खुट्टा भाच्चिएको छोरालाइ अस्पताल बाट घर ल्याएकि रहेछिन् । नविनको खुट्टा भाँचिए सँगै घाउ समेत परेको थियो । गाँउले भन्थे हामिले धेरै ठाँउमा पहल गरयौ, कतै सहयोग भएपनि जसरी पनि उपचारका लागि सहयोग गरिदिनु परयो ।
हुनत त्यो दिन छेडेदहमा फुटबल आयोजना कार्यक्रम थियो, त्यहि सडक भएर बाजुराका बिशिष्ट ब्यक्तिहरु पनि गए । केहीले सान्तना सम्म दिए कसैले त उनको पिडा समेत सुनिदिएन रहेछन् । मैले पाउनिको सबै पारिवारिक अबस्था बुझे । उनका ३ बटा छोरा छोरी रहेछन्, नविन कान्छो छोरा रहेछ । श्रीमान जोगि चदाँरा ७ बर्ष देखि भारतमा बेपत्ता रहेछन्, परिवार पाल्न धौ धौ परेकी पाउनीलाई छोराको उपचार गर्न त धेरै टाढाको बिषय थियो, छोराको दुखाइ कम गर्ने एक ट्याबेलट औषधि किन्ने पैसा थिएन् ।
त्यो दुश्य, अनि नविनको पिडा हेर्दा मैले तत्काल गाडिमा अत्तरीया सम्म पठाउने धनगढीमा उपचार सम्भब भए र धनगढीमा सहयोग गर्ने भेटिए धनगढी पठाउने नभए काठमाडौ पठाउने निर्णय गरे । काठमाडौमा बस्ने सामाजिक अभियान्ता सम्राट सिं बस्नेतलाइ त्यहि बाट फोन गरे, काठमाडौ पठाउनुहोला हामि सबै ब्यबस्थापन गर्छु भन्नु भयो । घर बाट बाम्का बजार सम्म जिपमा पठाउने कुरा गरयौ, त्यहाँ बाट अत्तरीया सम्म बुढिगंगा नगरपालिकाको एम्बुलेन्समा पठाउने समन्वय गरे । काठमाडौ लिनुपरे धनगढी बाट जहाजमा पठाउने र तिनजनाको जहाजको टिकटका लागि पनि कुरा गरिसकेको थिए ।
मैले पाउनी चदारा र गाँउलेलाई ढुक्क हुनुहोस म उपचारका लागि पहल गर्छु भने । त्यहि अनुसार बच्चा उनकि आमा र दुई जना आफन्तलाई पठाए । म पनि त्यहाँ बाट फिर्ता भए, एकचोटी फुटबलको उद्धघान कार्यक्रममा सहभागि भएर सदरमुकाम फिर्ता भए । बच्चालाई त पठाए, तर कहाँ कसरी उपचार गर्ने मनमा चिन्ताले पोलिरहेको थियो । मार्तडी नेटको पहुँचमा पुगेपछि सामाजिक सञ्जाल र बडिमालिका खबरमा पैसा नहुँदा उपचार नभएर घर फिर्ता गरेको र बच्चाको दर्दनाय भिडियो फोटोहरु पोष्ट गरे ।
सामाजिक सञ्जालमा पोष्ट गरेको केही समयमै कैलालीका अग्रज पत्रकार दिर्घराज पाध्यायले फोन गरेर भने प्रकाश जि सेति प्रादेशिक अस्पताल धनगढी पठाउनु सक्ने जति सबै सहयोग गर्छु भन्नु भयो । मैले एम्बुलेन्स चालकलाई फोन गरेर धनगढी लगेर सेति प्रादेशिक अस्पताल लिनु भने । त्यहि अनुसार दिर्घराज पाध्यया सर सँग समन्वय गरे उहाँले अस्पतालको पुरै टिम सँगसमन्वय गरेर नविनलाई भर्ना गरयौ । नविनको आईतवार अप्रेसन हुदै छ, उनको उपचारका लागि थुप्रै सहयोगि मनहरुले सहयोग गरेका छन् । पक्कै पनि नविनलाई सञ्चो भएर फिर्ता हुनेछ, बडिमालिका माता सँग हाम्रो कामना ।
पाउनि चदाराले २ वटा छोरा एउटा छोरी रहेकी छ । परिवार पाल्न त निकै धौ धौ रहेको पाउनिलाई छोरोका उपचार गर्न त निकै टाढाको बिषय बनेको छ । आर्थिक अभाबका कारणले पाउनीले स्वास्थ्य बिमा समेत नगरेको वताएकि छन् । स्वास्थ्य बिमा गर्नलाई २५ सय चाहिने भनेपछि आफुले पैसा नहुदा स्वास्थ्य बिमा समेत गर्न नसकेको वताईन् । स्वास्थ्य बिमा गर्ने पैसा भएत त्यो भन्दा परिवार पाल्ने थिए, पाउनीले वताएकि छन् । सम्पत्तिको नाममा सानो छाप्रो भन्दा अरुको कुनै रहेको छैन् । छोराछोरी बिद्यालय जाने गरेको भएपनि कापि कलम समेत किन्न नसकेको उनले वताएकि छन् ।
बिडम्बना गरिबका लागि कसरी उपचार पाउन सक्छन होला । अर्को नविन चदाराको नगरपालिका भएको ठाँउमा ठुला राजनितिज्ञ भएको ठाँउ हो । पुर्व उद्योग मन्त्रि तथा नेकपा शुदुरपश्चिम अध्यक्ष कर्ण थापा, संघिय सासंद लाल बहादुर थापा, शुदुरपश्चिम प्रदेशका कानुन मन्त्रि प्रकाश शाह, पुर्व संबिधान सभाका सदस्य देबराज जोशी, डबल शाह पनि त्यहि ठाँउ हुन्, तर गरिब जनताको हालत यस्तो छ ।

चर्चामा

सम्बन्धित समाचार