मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे बुढिगंगामा जीप दुर्घटना :१ बालकको मृत्यु, २ जना घाइते

बाजुराकाे बुढिगंगामा जीप दुर्घटना :१ बालकको मृत्यु, २ जना घाइते

  • आइतवार, कार्तिक १६, २०७७
बाजुराकाे बुढिगंगामा जीप दुर्घटना :१ बालकको मृत्यु, २ जना घाइते

बाजुरा– बाजुरा जिल्लाकाे बुढिगंगा नगरपालिकामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा ताप्रीबाट आइरहेको से १ ज ११८० नम्बर जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार