शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश २
  • रौतहटमा १० लाख बढीको अवैध सामान बरामद

रौतहटमा १० लाख बढीको अवैध सामान बरामद

  • बिहिबार, कार्तिक १३, २०७७
रौतहटमा १० लाख बढीको अवैध सामान बरामद

रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ ।

दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले सिमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याउँदै गरेको कपडा,किराना,कस्मेटिक्स,रेडिमेड लगायतको सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका डिएसपी नरेश भण्डारी र सशस्त्र बेश क्यामप देवाहीका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको नेतृत्वमा गएको टोलीले देवाही गोनाही महादेवपटी लगायतका स्थानबाट ७ लाख ९० हजार बराबरको अवैध सामान बरामद गरेको सशस्त्रका एसपी सुर्यसेन ओलीले जानकारी दिएका छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय गौर,ईलाका प्रहरी कार्यालय गरुडा, र केही प्रहरीचौकीको टोलीले महादेवपटी, गढीमाई लगायतका स्थानबाट तीनलाख २५ हजार मुल्य बराबरको बिभिन्न भारतीय सामान बरामद गरेको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धी बिक्रम शाहले बताएका छन् । बरामद सामानहरु आवशयक कारबाहीको लागी आजै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार