शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • आठौँ जीतसँगै मुम्बईको प्लेअफमा स्थान पक्का

आठौँ जीतसँगै मुम्बईको प्लेअफमा स्थान पक्का

  • बिहिबार, कार्तिक १३, २०७७
आठौँ जीतसँगै मुम्बईको प्लेअफमा स्थान पक्का

आईपीएलको १३ औँ सिजनको ४८ औँ खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५ विकेटले पराजित गरेको छ । सिजनमा आठौँ जीत हासिल गर्दै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा कायम रहेको छ । १६ अंक बटुल्दै मुम्बईले प्लेअफमा आफ्ना स्थान पक्का गरेको छ ।

अबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै बैग्लुरुले मुम्बईलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा उत्तः लक्ष्य पछ्यायो । मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट रहँदै ७९ रनको योगदान दिए । उनी म्यान अफ द म्याच चुनिए । मुम्बईका लागि मोहम्मद सिराज र युजवेन्द्र चहले २–२ विकेट लिए ।

यसअघि, राम्रो सुरुवात गरेको बैंग्लुरुले त्यसलाई ठूलो स्कोरमा परिणत गर्न असफल रह्यो । देवदत्त पडिक्कले सिजनको चौथो अर्धशतक बनाउँदै ७४ रनको यागदान दिए । उनले ३३ रन बनाएका जोश फिलिपसँग मिलेर पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे , खेलमा ४ ओभर बलिङ गर्दै बुमराहले मात्र १४ रन खर्चेर तीन विकेट लिए । योसँगै आईपीएलमा उनको १ सय विकेट पुरा भएको छ ।

चर्चामा

सम्बन्धित समाचार