शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका १ मा वडा स्तरिय भलिबल प्रतियोगिता सुरु

बडिमालिका १ मा वडा स्तरिय भलिबल प्रतियोगिता सुरु

  • बुधबार, कार्तिक १२, २०७७
बडिमालिका  १ मा  वडा स्तरिय भलिबल प्रतियोगिता सुरु

चक्र बहादुर अएडी —  बडिमालिका नगरपालिका वडा नम्वर १ खेतिपातलमा आज बाट खुला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । वडा नम्वर १ को वडा कार्यलय र शुभेक्ष्छुक व्यक्तिहरुको आर्थिक सहयोगमा र जाल्पा युवाक्लवको आयोजनामा आज बाट भलिबल प्रतियोगीताको आयोजना गरिएको युवा क्लवले जानकारि दिएको छ ।
कार्यक्रम जाल्पा युवाक्लवका अध्यक्ष नृप बहादुर दानिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य महानेपालि रहनु भएको थियो । त्यस्तै विशिस्ट अतिथि नेपाल महिला संघ केन्द्रीय सदस्य जुना दानी , बडिमालिका नगरपालिका नगर उप प्रमुख कविता विस्ट रहनु भएको थियो ।
त्यसैगरि खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कुम्भ नाथ योगी , वडा नम्वर १ का अध्यक्ष राम बहादुर कार्की , महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह , नेपाल विध्यर्थि संघ उपाध्यक्ष जनक बहदुर थापा , वडा सदस्य विश्वराज पण्डित , वडा सदस्य रगुनाथ योगी , र वडा सदस्य हिमा ल्वार कार्यक्रमको अतिथि रहनु भएको थियो । सो भलिवल प्रतियो गितामा ११ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले गर्नु भएको उमेश चन्द्र भण्डारीले जानकारि दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार