बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ६
  • हुम्लाकाे ताँजाकोट गाउँपालिकाले गर्याे नाका बन्दी, बाजुराबाट पनी जान नपाइने

हुम्लाकाे ताँजाकोट गाउँपालिकाले गर्याे नाका बन्दी, बाजुराबाट पनी जान नपाइने

  • बुधबार, कार्तिक १२, २०७७
हुम्लाकाे ताँजाकोट गाउँपालिकाले गर्याे  नाका बन्दी, बाजुराबाट पनी जान नपाइने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको र बाजुरा र मुगु संग जाेडीएकाे  ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्ना गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ। गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका अध्यक्ष बाग्दन मल्लले बताएका छन ।

गाउँपालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि  बन्द गरेको गाउँपािलकाले जनाएकाे छ । हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिए संगै ताजाँकाेट गाउँपालिकाले पनी सुरक्षित रहन साे निर्णय गरेकाे गाउँपालिका अध्यक्ष  मल्लले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार