आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • बुढीगंगा
  • अनाथ बालवालिकालाई लुगाकपडा सहयोग

अनाथ बालवालिकालाई लुगाकपडा सहयोग

  • आइतवार, कार्तिक ९, २०७७
अनाथ बालवालिकालाई लुगाकपडा सहयोग

बाजुरा–बुढिगंगा नगरपालिका २ ताप्रामा रहेको बालगृहमा रहेका बालवालिकालाई लुगाकपडा सहयोग गरेका छन् । कन्सन बाजुरा वालगृहमा रहेका १२ जना वालवालिकालाई बुढिगंगा १ निवासी जहर सिंह थापाले लुगाकपडा सहयोग गरेका छन् ।
दशै खर्च कटाएर उनले वालगृहमा रहेका वालवालिकालाई सहयोग गरेका हुन् । उनले गरेको सहयोगले बालगृहमा बस्ने बालवालिकालाई ठुलो सहयोग भएको बालगृहका संस्थाका संस्थापक अध्यक्ष गणेश थापाले वताएका छन् ।
२०७२ सलामा स्थापना भएको कन्सन बाजुराले जिल्लामा साहाराविहिन अनाथ १२ जना वालवालिकाले साहारा पाईरहेका छन् । आमा बुवा नभएका जिल्लामा पिडित वालवालिकालाई सहयोग गरिरहेका छौ, कतै बाट सहयोग भएको छैन्, चन्दा संकलन र गाँउलेको सहयोग मार्फत अनाथ वालवालिकाको सहयोग गरिरहेको गणेश थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार