शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सुदूरपश्चिमका थप २२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप २२ जनामा कोरोना पुष्टि

  • आइतवार, कार्तिक ९, २०७७
सुदूरपश्चिमका थप २२ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिममा आईतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेती अस्पताल प्रयोगशालामा २ सय ७ जनाको परीक्षण गर्दा १२ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ७५ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २ पुरुष, वडा नम्बर २ का १ पुरुष, वडा नम्बर ३ का २ पुरुष, वडा नम्बर ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १० का १ पुरुष र स्थानीय तह नखुलेका कञ्चनपुरका १ महिलामा पनि कोरोना देखिएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३४ पुगेको छ । उनीहर मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३२ जनाको मृत्यु भएको छ । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार