शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • रेडक्रसको तदर्थ समितिको म्याद थप १ वर्ष थप्ने निर्णय

रेडक्रसको तदर्थ समितिको म्याद थप १ वर्ष थप्ने निर्णय

  • बिहिबार, कार्तिक ६, २०७७
रेडक्रसको तदर्थ समितिको म्याद थप १ वर्ष थप्ने निर्णय

सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद १ वर्षका लागि थप गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न अप्ठ्यारो भएकाले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई १ वर्षभित्र नयाँ निर्वाचन गर्न आग्रह गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले कोभिड-१९ का कारण नयाँ निर्वाचन सम्भव नभएको र कामकाज जारी राख्नका लागि बाधा अड्काउ फुकाउने गरी सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
रेडक्रस सोसाइटी उत्पन्न विवादपछि सरकारले गत साउन १२ गते सोसाइटीको कार्यसमिति विगठन गरी तदर्थ समिति बनाउने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार